कोरोना त्रासः आज मकवानपुरमा २६ जनालाई कोरोना संक्रमण

बाइलाइन नेपाल
२ भाद्र २०७७, मंगलवार ११:५०
फाइल तस्वीर

हेटौंडा । मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज मात्र मकवानपुरमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिका क्षेत्रका मात्रै १८ जना रहेका छन् ।

हेटौंडाका १८ जना मध्यमा हेटौंडा उपमहानगरपालिका–४ का सबै भन्दा बढी ५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हेटौंडा उपमहानगरपालिका भित्रका सरकारी कर्मचारी ५ जनालाई पनि कोरोना भएको छ ।

त्यसैगरी हेटौंडा–५ का ३ जना, हेटौंडा–६ का १ जना, हेटौंडा–२ का १ जना, हेटौंडा–८ का १ जना, हेटौंडा–११ का २ जना, हेटौंडा–१२ का २ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए । यसैगरी मकवानपुर गढी गाउँपालिकाका ३ जना र वाग्मती गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*