चौघडाका प्रहरीलाई खुकरी हान्ने पक्राउ

बाइलाइन नेपाल
२ भाद्र २०७७, मंगलवार ०८:५८

हेटौंडा । प्रहरीलाई खुकुरी प्रहार गर्ने हेटौंडा–६ चौघडाका चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले स्थानीय चार जनालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

पक्राउ पर्नेमा हेटौंडा–६ रामनगरका २६ वर्षका भक्तराम राउत, हेटौंडा–६ सल्लाघारीका १६ बर्षका उत्सव गौतम, ५० वर्षका नकुल विक, २२ वर्षका अभिषेक घताने रहेका छन् । प्रहरी नायव उपरीक्षक रानाको कमान्डमा खटिएको ट‍ोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

गौरीटार नजिक गाँजा सेवन गरि घरमा ढुंगा हानी होहल्ला गरिरहेको खबर आएपछि असइ केसी घटनास्थल पुगेका थिए । घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक केसीलाई युवाहरुले खुकुरी प्रहार गरेको जनाइएको छ । केसीको बायाँ हातमा गहिरो चोट लागेको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवाानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*