कोरोना संक्रमित भेटिएका हेटौंडाका १४ घर सिल

बाइलाइन नेपाल
२ भाद्र २०७७, मंगलवार ०८:५०

हेटौंडा । क‍ोरोना संक्रमित पुष्टि भएका हेटौंडा उपमहानगरपालिकाका १४ घरमा प्रहरीले सिल गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० का विभिन्न स्थानमा संक्रमित पुष्टि भएका १४ घर सिल गरेको प्रहरी चौकी बसपार्कका प्रहरी नायव निरीक्षक दमन तामाङले जानकारी दिए ।

हेटौँडा–१० को तरकारी बजार क्षेत्र, आनन्द ट‍ोल, वरपिपल चोक, भुटनदेवी मोडलगायतका क्षेत्रका संक्रमित फेला परेका स्थानमा सिल गरेको उनले जानकारी दिए । थप संक्रमण फैलनबाट रोक्न प्रहरीले संक्रमित फेला परेका स्थानलाई सिल गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*