वाग्मती प्रदेशसभाका उपसभामुखलाई कोरोना संक्रमण

बाइलाइन नेपाल
१ भाद्र २०७७, सोमबार १६:०५

हेटौँडा ।वाग्मती प्रदेशसभाकी उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये एक जना उपसभामुख रहेको जनाइएको छ ।

उपसभामुखले आफुलाई कोरोना संक्रमण भएको जानकारी हेटौँडास्थित किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालाबाट आएको जानकारी दिइन् । आफुले स्वाब दिएको र पोजेटिभ आएको खबर प्राप्त भएको उनले बताइन् । पोजेटिभ आएपनि कुनै लक्षण देखा नपरेको र आफु स्वस्थ्थ रहेको उनले जानकारी दिइन् । अहिले क्वाटरमै होम आइसोलेसनमा बसिरहेको र आफुसँग सम्पर्कमा आएकाहरुलाई जानकारी दिइसकेको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*