११ जना प्रहरीसहित हेटौंडामा १६ जनालाई कोरोना संक्रमण

बाइलाइन नेपाल
१ भाद्र २०७७, सोमबार १४:१६

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा आज थप १६ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले दिएको जानकारी अनुसार मकवानपुरमा कार्यरत ११ जना प्रहरी र हेटौंडा उपमहानगरपालिकाका ५ जना सर्वसाधारणलाई कोरोना संक्रमण भएको हो ।

उनका अनुसार हेटौंडा–४ मा हेटौंडा–१० मा एक जना सर्वसाधारणलाई कोरोना पुष्टि भएको छ । यसैगरी चितवन घर भएका–३, रौतहटका २, सिन्धुलीका १, बाँकेका २, पर्सा घर भएका १, धादिङ घर भएका १ सहित ११ जना प्रहरीलाई कोरोना भएको जनाइएको छ । उनिहरु मकवानपुरको विभिन्न प्रहरी कार्यालयमा कार्यरत वा जिल्ला प्रहरी कार्यालमै कार्यरत हुन भन्ने खुल्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*