कोरोना त्रासः हेटौंडामा भदौ ९ गतेसम्म निषेधाज्ञा, खाद्यान्न पसल बिहान ८ बजेसम्म मात्र

बाइलाइन नेपाल
३२ श्रावण २०७७, आईतवार १२:१३

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा भदौं ९ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । साउन २६ गतेबाट ३२ गतेसम्मका लागि जारी गरेको निषेधाज्ञालाई प्रशासनले निरन्तरता दिएको हो ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बैठकले भदौ ९ गतेसम्मलाई निषेधाज्ञा जारी राख्ने, आवागमनमा कडाइ गर्ने र तरकारी र खाद्यान्नका पसल बिहान ८ बजेसम्ममात्र खोलन दिने निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।

मकवानपुरमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि प्रशासनले अत्यावश्यक सेवा बाहेक अन्य कुराहरुलाई निषेध गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेको हो । अब हेटौंडाका खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल भने बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइने छ । औषधि पसलहरु भने दिनैभरी नै खोल्न पाइने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*