शाखा प्रमुखलाई कोरोना भएपछि हेटौंडाको ग्लोबल आइएमई बैंक सिल

बाइलाइन नेपाल
३१ श्रावण २०७७, शनिबार १९:१८

हेटौंडा । कोरोना संक्रमित फेला परेपछि हेटौंडा उपमहानगरपालि–२ कान्तिराजपथमा रहेको ग्लोबल आइएमइ बैंक सिल गरिएको छ । ओम भवनमा रहेको बैंकका हेटौंडा शाखाका प्रमुखलाई कोरोना पुष्टि भएपछि बैंक क्षेत्र सिल गरिएको प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडाका अध्यक्ष हरि राउतसहितको उपस्थितिमा वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले सिल गरेको हो । शाखा प्रमुखलाई संक्रमण देखिएपछि स्वास्थ्य सुरक्षाका लागि संक्रमण देखिएको क्षेत्र सिल गरिएको जनाइएको छ । आजै हेटौंडा– ४ को खोपेगल्लीमा पनि कोरोना संक्रमित फेला परेपछि सिल गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*