दामनको पानोरमा रिसोर्ट आइसोलेसनका लागि दिन तयार

बाइलाइन नेपाल
३१ श्रावण २०७७, शनिबार १९:०२

हेटौंडा । थाहानगरको दामनमा रहेको पानोरमा रिसोर्टले कोरोना संक्रमित राख्नका लागि होटल उपलब्ध गराउने भएको छ । हेटौंडाका होटलहरुले कोरोना संक्रमित राख्नका लागि कोठा उपलब्ध गराएर सहयोग नगरेको अवस्थामा पानोरमा होटलले भने थाहा नगरपालिकालाई होटललाई आइसोलेसन बनाउन आग्रह गरेको छ ।

पानोरमामा रहेका कोठा मध्ये १० वटालाई आइसोलेसन बनाउनका लागि थाहा नगरपालिकालाई सञ्चालक रविचन्द्र हमालले आग्रह गरेका छन् । रिसोर्टले आफ्ना सुविधा सम्पन्न १० वटा कोठा दिन आफू तयार रहेको संचालक हमालले जानकारी दिए । उनले अहिलेको कठिन अवस्थामा आफुले नगरपालिकालाई गर्न सक्ने सहयोगका लागि तयार रहेको  बताएका छन् ।

रिसोर्ट आइसोलेसनका लागि दिने भएपछि शनिबार थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टसहित जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले निरीक्षण गरेको छ । नगर प्रमुख विष्टले रिसोर्ट आइसोलेसनका लागि दिन सञ्चालक तयार भएकोमा धन्यवाद दिए । तर कोरोना संक्रमण भएका बिमारीलाई राख्ने विषयमा नगरपालिकाले अध्ययन गरेर तय गर्ने उनले बताए । रिसोर्टले दिने भनिएको कोठाहरु कोभिड–१९ को मापदण्ड अनुसार के कामका लागि प्रयोग गर्न सकिन्छ सो बमोजिम प्रयोगमा ल्याइने विष्टले जानकारी दिए ।

महामारी नियन्त्रण गर्न सबैको उतिकै योगदान हुनुपर्ने बताउँदै थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले अन्य होटलहरुले पनि सहयोग गर्न तयार हुने बताए । उनले महामारीको यो बेलामा सबैले एकले अर्कोलाई सहयोग गर्ने बेला आएकोले नगरपालिकाले थालेको अभियानमा सबै होटल व्यवशायी सहयोग गर्न तयार रहेको धारणा राखे । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*