हेटौंडाको खोपेगल्लीमा कोरोना संक्रमित फेला परेपछि सिल

बाइलाइन नेपाल
३१ श्रावण २०७७, शनिबार १७:१५

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–४ खोपेगल्ली क्षेत्र सिल गरिएको छ । खोपेगल्ली निवासी एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि आज सिल गरिएको हो । हेटौंडाका सर्वसाधारणले तरकारी किन्ने मुख्य थलो खोपेगल्ली निवासीलाई नै कोरोना भएपछि सिल गरेर सुरक्षा अपनाइएको छ ।

दैनिक सयौ सर्वसाधारण तरकारी खरिदका लागि पुग्ने खोपेगल्लीमै कोरोना संक्रमित फेला परेपछि संक्रमण फैलन नदिन सिल गरिएको जनाइएको छ । खोपेगल्लीलाई हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा अध्यक्ष नविन सिग्देलको उपस्थितिमा वडा प्रहरी कार्यालय हेटौँडाले दुबै तर्फबाट सिल गरेको प्रहरी निरीक्षक इश्वरी भण्डारीले जानकारी दिए । सिल गरेपछि तरकारी बजार र आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*