थपिदै छन् मकवानपुरमा कोरोना संक्रमित, आज २० जनालाई पुष्टि

बाइलाइन नेपाल
३१ श्रावण २०७७, शनिबार १३:०३

हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । आज पनि मकवानपुरमा २० जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । मकवानपुर र अन्यत्र घर भई मकवानपुरमा बस्दै आएका गरी २० जनामा कोरोना संक्रमण भएको जनाइएको छ ।

कोरोना आइसोलेसन वार्ड हेटौँडाले दिएको विवारण अनुसार आज २० जनालाई कोरोना भाईरस पुष्टि भएको हो । २० मध्ये १२ जना हेटौँडा उपमहानगरपालिका क्षेत्रको १ जना महनहरी गाउँपालिकाको तथा अन्य ७ जना मकवानपुर जिल्ला बाहिरका नागरिक रहेका छन् । तर उनिहरु हेटौंडामै बसोबास गर्ने भएको जनाइएको छ ।

आज सार्वजनिक भएको नजिता साउन २८ गते लिइएको स्वाबको भएको जनाइएको छ । साउ २८ गते मकवानपुरका विभिन्न स्थानमा बसोबास गर्ने ८५ जनाको स्वाब संकलन गरिएको थियो । जसमा १७ जना पुरुष र ३ जना महिला रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*