आज हेटौंडामा ४ जनालाई कोरोना संक्रमण

बाइलाइन नेपाल
३० श्रावण २०७७, शुक्रबार १७:४२

हेटौंडा । हेटौंडामा कोरोना संक्रमित देखा पर्ने क्रम जारी रहेको छ । आज हेटौंडामा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का २ जना र ६ र १० नम्बर वडाका एकएक जना सर्वसाधारणलाई कारोना संक्रमण भएको जनाइएको छ ।

संक्रमित मध्ये महिला ३ र पुरुष एक जना रहेको कर्राको श्रमिक माविमा रहेको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । आजसम्मको नतिजा साउन २७ गतेसम्म संकलन गरिएको स्वाबको भएको जनाइएको छ । साउन २८ गतेबाट संकलन गरेको स्वाबको नतिजा आउन बाँकी रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*