वाग्मती प्रदेश प्रमुख कार्यालय हेटौँडाका सचिवलाई कोरोना संक्रमण

बाइलाइन नेपाल
३० श्रावण २०७७, शुक्रबार १४:३४

हेटौंडा । वाग्मती प्रदेशको प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना संक्रमण भएको छ । हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा सचिवलाई कोरोना भएको पुष्टि भएको हो । सचिवलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यको पनि पीसीआर जाँचको तयारी भइरहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन गरिएको थियो । वाग्मती प्रदेशको प्रदेश प्रमुख कार्यालयका सचिवको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्यकर्मीले बताएका छन् । उनको परिवार सहित हेटौंडामै सुरक्षित ढंगले बसेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*