टिष्टुङको ढुंगाखानीमा पहिरो जाँदा एकजनाको ज्यान गयो, तीनवटा सवारीसाधान पुरिए

बाइलाइन नेपाल
३० श्रावण २०७७, शुक्रबार १०:२३

हेटौंडा । थाहा नगरपालिका– १२ अन्र्तगत त्रिभुवन राजपथको टिष्टुङ गैरीगाउँमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ । ढुंगा उत्खनन् ( ढुंगा खानी) गर्ने क्रममा हिजो बिहीबार साँझ गएको पहिरोमा परी अन्दाजी ५४ बर्षीय कालु मोक्तानको शव भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर राना जानकारी दिए । मोक्तान ढुंगा खानीको कामदार भएको प्रहरीले जनाएको छ ।

वर्षायाममा सुरक्षा विधि नअपनाइ खानी सञ्चालन गर्दा गएको पहिरोले ३ वटा टिपर र र एउटा एक्साभेटर पुरिएको प्रहरीले जनाएको छ । राती उद्दारको काम गर्न नसकेका कारण शुक्रबार बिहानबाट पहिरो हटाउने काम गरिउको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*