मकवानपुरमा एकै दिन ५२ जनालाई कोरोना, हेटौंडामा मात्र ३१ जना सङ्क्रमित

बाइलाइन नेपाल
२९ श्रावण २०७७, बिहीबार १८:४४

हेटौंडा । मकवानपुरमा बिहीबार मात्रै ५२ जना कोरोना संक्रमित फेला परेका छन् । बिहीबार बिहान ३७ र साँझ १५ जना गरेर ५२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको कर्राको श्रमिक माविमा रहेको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

बिहीबार फेला परेका ५२ जना मध्ये ३१ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । अन्य २१ जना गाउँपालिका र नेपाल प्रहरीका कर्मचारी रहेका छन् । बिहीबार आएको तथ्याङ्कले पनि हेटौंडा उपमहानगरपालिका भित्र कोरोना संक्रमण तीब्र रुपमा फैलिएको देखिन्छ ।

हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणबाट आएको साँझ रिपोर्ट अनुसार उपमहानगरपालिका १३ जना र दुईजना मकवानपुरगढी गाउँपालिकाका दूई जना रहेका छन् । हेटौंडा– २ मा २ जना, हेटौंडा–१०, ४, ५, ९ र ८ को एकएक जना, हेटौंडा–६ मा ३ जना र ७ मा २ जना र एक जना बाहिर जिल्ला भएपनि हेटौंडा बस्नेलाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै साँझको रिर्पोटमा मकवानपुरगढी गाउँपालिकाका दुई जनालाई कोरोना पुष्टि भएको छ ।

बिहीबार बिहानको रिर्पोटमा हेटौंडा– ९ का ७ जना, हेटौंडा– ५ का ४ जना, हेटौंडा– ४ का ४ जना, हेटौंडा– २ का १ जना, हेटौंडा– १० का १ जना, हेटौंडा– १३ का १ गरी हेटौंडा उपमहानगरपालिका भित्र १८ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ र नेपाल प्रहरी १० जनामा कोरोना पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*