हेटौंडामा आज फेरि थपिए १५ जना सङ्क्रमित

बाइलाइन नेपाल
२९ श्रावण २०७७, बिहीबार १८:०९
फाइल तस्वीर

हेटौंडा । मकवानपुरमा आज थप १५ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । बिहान मात्र ३७ जनालाई कोरोना पुष्टि भएको छ । मकवानपुरमा एकैदिन हालसम्मकै सबैभन्दा बढी ५२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार साँझ आएको रिपोर्टमा मकवानपुरका थप१५ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएको कर्राको श्रमिक माविमा रहेको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । अहिले फेला परेका संक्रमित मध्ये १३ जना हेटौंडा उपमहानगरपालिका र दुईजना मकवानपुरगढी गाउँपालिकाको रहेको चौलागाईले बताए ।

आजै बिहान हेटौंडा– ९ का ७ जना, हेटौंडा– ५ का ४ जना, हेटौंडा– ४ का ४ जना, हेटौंडा– २ का १ जना, हेटौंडा– १० का १ जना, हेटौंडा– १३ का १ गरी हेटौंडा उपमहानगरपालिका भित्र १८ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ र नेपाल प्रहरी १० जनामा कोरोना पुष्टि भएको चौलागाईले बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*