हेटौंडामा अटो र ट्रक ठोक्किदा २ जनको मृत्यु

बाइलाइन नेपाल
२९ श्रावण २०७७, बिहीबार १३:२७

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केमा अटो र ट्रक ठोक्किदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ५ डिल्लीपुरका आन्दाजि ३२ बर्षीय बाबुराम रुम्बा र अन्दाजि ३५ षर्षीय अमृत लोप्चन रहेको प्रहरीले जानकारी दिएको हो ।बसामाडीबाट नेवारपानीतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रकमा भित्री रोडबाट राजमार्ग तर्फ आउँदै गरेको ना २ ह ३४६५ नम्बरको अटो ठक्कर खाँदा ३ जना घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारका लागि चुरेहिल अस्पतालमा ल्याएकोमा २ जनाको उपचारका क्रममा दिउँसो १२ बजे मृत्यु भएको हो । शव हेटौंडा अस्पतालको शव गृहमा रहेको प्रहरीले जनाएको छ । घाइते अटो चालक मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुर बस्ने ४७ बर्षीय ठुलोकान्छा खड्काको चुरेहिलमा उपचार भईरहेको छ । उनको शरीरको विभिन्न भागमा चोट रहेको प्रहरीको भनाई छ ।अहिले घटनास्थलमा डिएसपी इन्द्र बहादुर रानाको टोली पुगेको छ । साभारः प्रष्टखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*