हेटौंडा कोरोनाको ‘हटस्पट’ बन्दै, आज ३७ जना कोरोना संक्रमित फेला

बाइलाइन नेपाल
२९ श्रावण २०७७, बिहीबार १०:१२

हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्ला कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । प्रत्येक दिन कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् ।

मकवानपुरका आज ३७ जना कोरोना संक्रमित पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । जसमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका भित्रका सर्वसाधारण रहेका छन् ।

चौलागाईले दिएको जानकारी अनुसार हेटौंडा– ९ का ७ जना, हेटौंडा– ५ का ४ जना, हेटौंडा– ४ का ४ जना, हेटौंडा– २ का १ जना, हेटौंडा– १० का १ जना, हेटौंडा– १३ का १ गरी हेटौंडा उपमहानगरपालिका भित्र १८ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ र नेपाल प्रहरी १० जनामा कोरोना पुष्टि भएको चौलागाईले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*