पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला !

बाइलाइन नेपाल
२८ श्रावण २०७७, बुधबार १५:१०

जुत्ता हिलोमा अड्केर सोमबार काठमाडौंको बल्खु खोलामा खसेका पत्रकार बलराम बानियाँको शव मकपानपुरमा फेला परेको छ । दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन् । उनी तनहुँका बासिन्दा हुन् ।

असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उनको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले भूलसुधार गरेको थियो । त्यसयता बलराम कान्तिपुरमा कम भूमिकामा रहँदै आएका थिए । उनले कान्तिपुरको निम्ति घरबाटै समाचार सम्योजन गर्दै आएका थिए,सबै कुरा ठीकठाक नै थियो । अस्ति मात्र पनि सम्पादक सुधीर शर्मासङ्ग यौटा लेखबारे उनको फोनमा कुरा भएको थियो । आफ्ना पुराना सहकर्मीको असामयिक निधनमा आफूहरु दुखित भएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले बताए ।

मदिरा सेवन गरेको र घर फर्कने क्रममा हिलोमा जुत्ता अड्किएर बल्खूको तरकारी बजारनेर खोलामा खसेका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए । तर,उनले ती दुबै चिजको प्रयोग गर्न सकेनन् । आज बिहानसम्म परिवारको सम्पर्कमा आउन नसकेका उनको खोजीमा सेना,प्रहरीको व्यापक परिचालन भएको थियो ।

प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार विहान मकवानपुरको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडा पुर्याइएको छ ।

मकपानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ माण्डु हाइड्रोपावरमा मंगलवार फेला परेको शव नै पत्रकार बानियाँको भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।  मंगलवार विहान हाइड्रोपावरमा जमेको पानी सफा गर्ने क्रममा फेला परेको एक पुरुषको शवको पहिचान हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले फोटो सर्वजनिक गरेको थियो । उनको शव हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।-जनआस्था डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*