कोरोना संक्रमित बढेपछि हेटौँडा र मनहरीमा निषेधाज्ञा

बाइलाइन नेपाल
२५ श्रावण २०७७, आईतवार १९:२९

हेटौँडा। हेटौंडासहित मकवानपुरका विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । मकवानपुरमा आइतबार २३ जनामा कोरोना पुष्टि भएपछि प्रशासनले हेटौंडा र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा प्रजिअ दीपकराज नेपालको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको आकस्मिक बैठकले हेटौँडा र मनहरीमा साउन २६ गते राती १२ बजेबाट साउन ३२ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको जनाइएको छ । ।

यसअघि नै प्रशासनले तराईबाट हेटौंडा भित्रने चुरियामार्य नाकामा कडाई गर्ने र ब्यूटीपार्लर, हेल्थ क्लब, सैलुन, होटल रेस्टुरेन्ट सञ्चालनमा प्रतिबन्ध लगाइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*