को हुन् मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउन खोज्ने मकवानपुरका सांसद ?

बाइलाइन नेपाल
२५ श्रावण २०७७, आईतवार १९:०३

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको पाँचौ जिल्ला सभाको उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरे सांसदहरुलाई एउटा गम्भीर आरोप लगाए । उनले मकवानपुरकै सांसदहरुको पहलमा आफु माथि अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्रीबाट हटाउने चलखेल भइरहेको बताए ।

मकवानपुरबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद विरोध खतिवडा, प्रदेश सांसद कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठसहित स्थानीय तहका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधि रहेको स्थानमा मुख्यमन्त्री पौडेलले आफुलाई मुख्यमन्त्रीबाट हटाउनका लागि मकवानपुरे संसदहरुले नै नेतृत्व गरेको आरोप लगाएका हुन् ।

आफ्नै जिल्लाका संसदप्रति गुनासो र आक्रोस पोख्दै मुख्यमन्त्री पौडेलले भने–‘ मलाई मुख्यमन्त्रीबाट हटाउँछन कि भन्नेमा कुनै चिन्ता छैन ।’ तर उनले सार्वजनिक कार्यक्रमै आफ्नै जिल्लाका, आफ्नै पार्टीका सांसदले मुख्यमन्त्रीबाट हटाउन हस्ताक्षर संकलन थालेको भन्दै आक्रोस व्यक्त गरे ।

केही समयअघि हेटौंडाको एभोकाडोमा भएको संसदीय दलको बैठकमा डोरमणि पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने आवाज सांसदहरुले उठाएका थिए । त्यही बैठकमा केही सांसदले हस्ताक्षर संकलन गरेर भएपनि पौडेललाई हटाउनु पर्ने भन्दै तयारी गरेपनि हस्ताक्षर भने संकलन नभएको स्रोतले जनाएको छ । मुख्यमन्त्री पौडेलले त्यसैको रिस जिससको कार्यक्रमममा पोखेको एक प्रदेश सांसदले जानकारी दिए ।

संसदीय दलको बैठक टरेपछि मुख्यमन्त्री पौडेलले आफ्नो पक्षमा बहुमत सांसद ल्याउन सफल भएको स्रोतले बतायो । अहिले उनले त्यतिखेर हस्ताक्षर संकलन गर्ने समूहलाई हस्ताक्षर गरेर आफु विरुद्ध बहुमत पुर्याउन चुनौती दिने गरेको जनाइएको छ । मुख्यमन्त्री पौडेल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली गुटका भएका कारण पनि उनको राजीनामा अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल गुटका सांसादले मागेको हुनसक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*