हेटौंडामा कोरोनाको जोखिम उच्च, एकैदिन २३ जनामा संक्रमण पुष्टि

बाइलाइन नेपाल
२५ श्रावण २०७७, आईतवार १७:३८
फाइल तस्वीर

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडामा एक्कासी कोरोना भाइरसको संक्रमण बढेको छ । एक–दुई जनामा मात्र देखा परेको कोरोना भाइरस आइतबार हेटौंडामा १६ जनासहित मकवानपुरमा २३ जनालाई संक्रमण भएको पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

आज देखिएको कोरोना संक्रमितको संख्या मकवानपुरमै हालसम्मको सबैभन्दा बढी हो । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा पनि आजसम्मकै सबैभन्दा धेरै संक्रमति फेला परेको छ । यससँगै हेटौंडामा कोरोनाको जोखिम उच्च भएको पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएकामा १७ जना पुरुष र अरु ६ जना महिला रहेका छन् । पुरुष मध्येमा चार जना नेपाल प्रहरीमा कार्यरत् रहेको जनाइएको छ । ।
कोरोना संक्रमित देखिएका हेटौंडा–२ का एक जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–६ का एक जना हेटौंडा–११ का २ जना छन् । हेटौंडा ११ थानाभ¥याङमा कार्यरत मजदुरको घर विराटनगर रहेको छ ।

यस्तै, हेटौंडा–१३ का एक जना, हेटौंडा–९ का ३ जना, भीमफेदी गाउँपालिकाका एक जना, मकवानपुरगढीका १ जना, बकैयाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको चौलागाईले जानकारी दिए । जनस्वास्थ्य अधिकृत चौलागाईंका अनुसार साउन २३ गते ८७ जना र २४ गतेको ४२ जना गरी १२९ जनाको स्वाब संकलन गरिएको थियो।  किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको  प्रयोगशालामा  २३ जनामा कोरोना पुष्टि भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*