वंशगोपाल माविको नयाँ भवन बन्ने

बाइलाइन नेपाल
२५ श्रावण २०७७, आईतवार १४:०१

हेटौडा– ६ चौघडामा रहेको वशंगोपाल माविले जिल्ला आयोजना कार्यन्वयन ईकाई (शिक्षा) को सहयोगमा ८ कोठे पक्की भवन निर्माणको कार्य थालनी गर्ने भएको छ । आईतबार सरोकारवालाहरुसंगको छलफलबाट भवन निर्माणको लागि निर्माण कार्य स्थल छनौट गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई,विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछाने, शिक्षक शिक्षिका,अभिभावकलगायतको सहभागिता रहेको थियो ।

धरनचत्तरा गाईघाट सकडखण्डमा विद्यालययको भवन परेको र भत्कने भएपछि विद्यालयलाई भवन निर्माण गर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए । आज भएको छलफलबाट विद्यालयको भवन निर्माण स्थल छनौटका साथै बोलपत्र आब्हान लागि तयारी अगाडि बढाईएको श्रेष्ठले जानकारी दिए । जिल्ला आयोजना कार्यन्वयन ईकाइले भवन निर्माणका लागि विद्यालयलाई १ करोड ३० लाख उपलब्ध गराउने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*