कोरोना त्रासः अब मकवानपुर आउन र जान नपाइने

बाइलाइन नेपाल
२३ श्रावण २०७७, शुक्रबार १४:२७

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन महिना भर मकवानपुर जिल्ला प्रवेश र जिल्लाबाट अन्यत्र जान रोक लगाएको छ । प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रवेश र बाहिर जान रोक लगाउने निर्णय गरेको हो ।

प्रशासनले जारी गरेको सूचनामा साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुरमा हुने आवागमनमा रोक लगाएको छ ।बैठकले यस्तै साउन ३२ गतेसम्म अन्य जिल्लाबाट श्रमिक कामदार मकवानपुर ल्याउन पनि रोक लगाएको छ । सरकारी तथा निजी कार्यालयका कर्मचारीलाइए पनि अन्य जिल्लामा आवतजावत गर्न रोक लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*