हेटौंडामा कोरोना त्रासः दैनिक थपिन थाले संक्रमित

बाइलाइन नेपाल
२२ श्रावण २०७७, बिहीबार १२:३६

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडामा दैनिक कोरोना संक्रमति थपिन थालेका छन् । आज पनि हेटौंडा उपमहानगरपालिकामा दुई जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । केही दिनदे
खि हेटौंडामा कोरोना संक्रमित देखा पर्न थालेका हुन् ।

आज हेटौंडामा दुई र मकवानपुरगढस् गाउँपालिकामा एक गरी मकवानपुरका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुर्इजना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

परीक्षणका क्रममा आज हेटौंडा–६ हात्तिलेटका ५१ वर्षीय पुरुष र हेटौंडा–१७ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । त्यसैगरी मकवानपुर गढी गाउँपालिका–३ स्थायी घर भएकी जितपुर सिमरा उपनगरपालिकामा कार्यरत २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको चौलागाईले जानकारी दिए । सिमरा उपमहानगरपालिकामा कार्यरत भएपनि धेरैजसो गढीबाटनै कार्यालय ओहोरदोहोर गर्दै आउएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*