गढी र वकैया गाउँपालिकाले लगाए विद्यालय सञ्चालनमा रोक

बाइलाइन नेपाल
२१ श्रावण २०७७, बुधबार १५:५२

हेटौंडा । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि मकवानपुरका दुई गाउँपालिकाले विद्यालय सञ्चालन तथा सिकाई सहजीकरण कार्यक्रम बन्द गर्न निर्देशन दिएका छन् । कोरोनाको संक्रमण समुदाय स्तरमा देखिन थालेको भन्दै मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाले सूचना प्रकाशित गर्दै विद्यालय तथा घरघर, टोलटोलमा पुगेर गरिने सिकाई सहजीकरण बन्द गर्न निर्देशन दिएका हुन् ।

मकवानपुरगढी गाउँपालिकाले जारी गरेको सूचनामा मकवानपुरगढी गाउँपालिकामा पनि कोरोना संक्रमित देखिएकाले सिकाई सहजीकरण कार्यक्रम बन्द गर्न भनिएको छ । अनलाइनबाट भएका पठनपाठनलाई जारी राख्दै अन्य शैक्षिक कार्यक्रम बन्द गर्न भनिएको छ ।

यसैगरी बकैया गाउँपालिकाले जारी गरेको सूचनामा कोरोना संक्रमणको असर बाँकी नै रहेको समयमा केही सामुदाियक र संस्थागत विद्यालयले पठनपाठन सञ्चालन गरेको जानकारी आएकाले तत्काल बन्द गर्न भनिएको छ । विद्यालयमा पठनपाठन बन्द गर्न र गाउँपालिकाले सर्वसाधारणलाई भिडभाडमा नबस्न अनग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*