अडान मकवानपुरको स्थापना दिवसमा मामाघरलाई सहयोग

बाइलाइन नेपाल
२१ श्रावण २०७७, बुधबार १२:५४

हेटौंडा । नेपाल अडिटर्स एसोसियसन (अडान) मकवानपुरको १५ औं स्थापना दिवस हेटौंडा-११ स्थित मामाघर नेपालमा मनाइएको छ । एशोसियसनले मामाघरलाई एघार हजार पाँच सय रुपैयाँँ सहयोग उपलब्ध गराउँदै दिवस मनाएको हो । एसोसियसनको मकवानपुर जिल्ला अध्यक्ष पुर्णमान श्रेष्ठ सभाध्यक्ष्यता तथा एशोसियसनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा यसोसियसनका केन्द्रिय सचिब प्रकाश ढकाल ,बागमती प्रदेश अध्यक्ष रामकुमार बर्तौला, अडानका सदस्यहरु रबिन्द्र सिग्देल, तेजप्रसाद रुपाखेती, राम कृष्ण देबकोटा, बिमल बिष्ट, तेज प्रसाद आचार्य, रामचन्द्र खनाल, विष्णुप्रसाद पौडेल, भगवान ढकाल लगायतको उपस्थिति रहेको थियोे ।-प्रष्टखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*