हेटौंडामा दैनिक फेला पर्न थाले कोरोना संक्रमित, आज पनि दुई जनामा संक्रमण

बाइलाइन नेपाल
२१ श्रावण २०७७, बुधबार १२:३०

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुरमा दैनिक कोरोना संक्रमित फेला पर्न थालेका छन् । आज पनि हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका एक–एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । मंगलबार हेटौंडा–१० को टीसीएन रोडमा दुई जनालाई कोरोना संक्रमण भएको थियो ।

हेटौंडा– ९ की ४६ वर्षिय महिला र मकवानपुरगढी गाउँपालिका– ५ भालुखोलाका ७० वर्षिय बृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । मकवानपुर गढीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि हेटौंडा र अरु स्थानीय तहमा कोरोना संक्रमण देखिए पनि गढीमा भने कोरोना देखिएको थिएन । तर, गढीमा देखिएका वृद्ध घरमै बसेको र विदेश तथा अन्यत्र नगएकाले कोरोना समुदाय स्तरमा फैलिन सुरु भएको पुष्टि भएको छ ।

आज संक्रमण पुस्टि भएका दुबैको स्वास्थ्य अवस्था सामान्य समस्या रहेको छ । संक्रमणपुष्टि भएसँगै दुवै संक्रमितलाई अहिले नै यस आईसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ । यी सेवाग्राहीलाई आईसोलेसन वार्डमा सेवा दिदा संक्रमितको संख्या ३६ जना पुगेको छ । हालसम्म मकवानपुरका ५१ जना संक्रमित भएका छन् । हेटौडा उपमहानगरपालिकामा संक्रमित हुनेको संख्या १९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*