हेटौंडा १६ मा नेकपाको कमिटी गठन

बाइलाइन नेपाल
१८ श्रावण २०७७, आईतवार १७:५०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ मा नेपाल कम्युनिष्ट पार्टी चिसापानी टोल कमिटी गठन भएको छ । आइतबार भएको एक कार्यक्रममा हरिप्रसाद चौलागाईंको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन भएको हो ।

कमिटीको सचिबमा विन्दा अधिकारी दाहाल, सदस्यहमा कुमार थापा, देवकुमार घिमिरे, रिता बिश्वकर्मा, दीपक कार्की, दमन बलामी, कौशिला सिंह, श्याम खतिवडा, हरिबहादुर घिमिरे, सुबाश लामिछाने, सुनिता कार्की, प्रेम पौडेल, सन्तोश रार्इ ,ज्योति बिश्वकर्मा रहेका छन् । नेकपा चिसापानी टोल कमिटी इन्चार्ज धनबहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी १६ का इन्चार्ज जगनाथ रिमाल रहेका थिए ।

कार्यक्रममा नेकपा हेटौंडा १६ नम्बरका अध्यक्ष अभिनास गजुरेल, सल्लाहकार गोबिन्द दाहाल, लोकनाथ चौलागाईं, कृष्ण हादुर राइ, ध्रुबप्रसाद धिताल लगायतको आतिथ्यता रहेको थियो । नेकपा चिसापानी टोल सहइन्चार्ज बलराम पौडेलले सञ्चालन गरेको कार्यक्रममा वडा कमिटी सचिव सागरनाथ बास्तोलाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*