भीमफेदी कारागारबाट फरार कैदी ८ महिनापछि पक्राउ

बाइलाइन नेपाल
१८ श्रावण २०७७, आईतवार १२:०३

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारबाट फरार एकजना कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर आज कारागार चलान गरेको छ । कर्तव्य ज्यानको मुद्धामा २० वर्ष कैद तोकिएका फरार अभियुक्त २५ वर्षीय कुलदिपराज धामीलाई पक्राउ गरेर आज सार्वजनिक गर्दै भीमफेदी कारागार पठाइएको हो ।

सुनसरी जिल्ला साविकको बकुलौरी गाबिस वडा नम्बर ४ घरभइ हाल सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ वस्दै आएका वस्ने धामीले स्थानीय २१ वर्षिय रोजिन गुरुङलाई हत्या गरेका थिए । त्यही अपराधमा २० वर्ष कैद सजाय तोकिएकोमा कारागारबाट फरार रहेका धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिए ।

उनी २०७६ साल कार्तिक ३० गते कारागारबाट फरार भएका थिए । फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले नवलपरासीको देउचुली नगरपालिकाबाट पक्राउ गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*