मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडाका उपकुलपति जोशीले लिए सपथ

बाइलाइन नेपाल
१६ श्रावण २०७७, शुक्रबार १७:४०

हेटौंडा । वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीले सपथग्रहण गरेका छन् । डाक्टर जोशीलाई वाग्मती प्रदेशका मुख्यमन्त्री तथा कुलपति डोरमणि पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

प्रदेशको सामाजिक विकास मनत्रालयको आयोजनामा उपकुलपतिको सपथग्रहण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जोशीलाई प्रतिष्ठानको उपकुलपति नियुक्त गरिएको नियुक्ती पत्र प्रदान गरेका थिए । कार्यक्रममा डाक्टर जोशीले आफुले पाएको जिम्मेवारी अनुसार काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेशका सामाजिक विकास मन्त्री दुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रियसभाका सदस्य रामचन्द्र राइ, वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, प्रदेशका प्रमुख सचिव डाक्टर मानबहादुर विके, प्रदेशसभाका सदस्यहरु, मन्त्रालयका सचिब तथा प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा वाग्मती प्रदेशका मुख्यन्यायधिवक्ता ओमप्रकाश थपलियाले जननेता मदन कुमार भण्डारीको नाममा स्थापना गरिएको प्रतिष्ठानले स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताए । कार्यक्रममा सहजीकरण गर्दै उनले आमनागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरिय सेवा दिने उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*