हेटौंडा इजलासद्वारा ६२ प्रतिशत मुद्दाको फैसला

बाइलाइन नेपाल
१६ श्रावण २०७७, शुक्रबार १२:४१

हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०७६ ०७७ मा ६१ दशमलव ९४ प्रतिशत मुद्दाको फैसला गरेको छ । एक वर्षको अवधिमा ६ सय ६४ वटा मुद्दाको फैसला गरिएको अदालतका रजिष्टार विकास श्रेष्ठले जानकारी दिए । अदालतमा दर्ता भएका एक हजार ७२ वटा मुद्दा मध्येमा चालु आर्थिक वर्षमा ४ सय ८ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् ।

गतआर्थिक वर्षमा २ सय ८१ वटा मुद्दाको जिम्मेवारी सरेर आएका थिए । नयाँ दर्ता भने ७ सय ९१ वटा परेका छन् । उच्च अदालत पाटन हेटौंडा इजलासले बार्षिक ९ सय ३९ वटा मुद्दाको फैसला गर्ने लक्ष्य राखेको भएपनि ६ सय ६४ वटा मुद्दाको फैसला मात्र गर्न सफल भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*