हेटौंडाको नागस्वतीमा रेडक्रसले राख्यो हातधुने सामाग्री

बाइलाइन नेपाल
८ श्रावण २०७७, बिहीबार १२:१९

हेटौंडा । कोरोना भाइरसको संक्रमण कायमै रहेको भन्दै नेपाल रेडक्रस सोसाइटीले हेटौंडा उपमहानगरपालिका–७ नम्बर वडा कार्यालयको गेटमा हात धुने मेसिन राखेको छ । रेडक्रस मकवानपुरको सहयोग तथा रेडक्रस हेटौडा ७ नागस्वती उपशाखाको व्यवस्थापनमा हात धुने मेसिन राखिएको हो ।

रेडक्रस सोसाइटी जिल्ला शाखा मन्त्रि खेमराज सापकोटा, नेपाल रेडक्रास सोसाइटी हेटौडा ७ नागस्वती उपशाखा सभापति ध्रुबप्रसाद चौलागाई, ७ नं वडा अध्यक्ष राजन थापा, जिल्ला रेडक्रस कार्यालयका लक्ष्मण भट्टराई, ७ नं उपशाखा सचिव नवराज खतिवडा लगायतका स्थनीयय समाजसेवी एवं रेडक्रसकर्मीहरु समेतको उपस्थितिमा उपकरण राखिएको थियो । लकडाउन अन्त्य भएपनि कोरोनाको जोखिम अझै कायम रहेको र सधै सफासुग्घर रहनु आवश्यक रहेकोले हातधुने मेसिन व्यवस्था गरिएको उपशाखा सभापति चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*