पुष्पलालको स्मृतिमा कानून व्यवसायीको कार्यक्रम

बाइलाइन नेपाल
७ श्रावण २०७७, बुधबार १९:४०

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार हेटौंडामा प्रगतिशील कानून व्यवसायी संगठन मकवानपुरका कानुन व्यवसायीहरुले विचार आदानप्रदान तथा चियापानको कार्यक्रम आयोजना गरेका छन् । अधिवक्ता सुशीलकुमार पोखरेलले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता अर्जुन उप्रेती, अधिवक्ता मुकुन्दप्रसाद अधिकारी, मदन दहाल, केशव गौतम, ध्रुव चौलागाईं, युवराज वली, अरुण खतिवडालगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*