प्याब्सन थाहानगरले बुझायो मेयर विष्टलाई ध्यानाकर्षणपत्र

बाइलाइन नेपाल
३ श्रावण २०७७, शनिबार १७:५६

हेटौंडा । केन्द्रीय निर्देशन अनुसार शनिबारदेखि वैकल्पिक शैक्षिक क्रियाकलाप बन्द गरेको निजी बिद्यालयहरुले थाहानगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
निजी तथा आवाशीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) थाहानगर कार्यसमितिले शनिबार नगर प्रमुख लवशेर विष्टलार्इ पत्र बुझाएका हुन् । नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाबबारे बोल्दै नगर प्रमुख विष्टलाई ६ बुदे पत्र बुझाएका थिए ।

पत्रमा बिद्यालयमा कार्यरत शिक्षक कर्मचारीको व्यवस्थापन, दैनिक व्यवस्थापन खर्च लगायतका लागि जेठ महिनादेखिको शुल्क असुली गर्ने वातावरण मिलाइ पठन पाठन नियमित गर्ने वातावरण बनाउन भनिएको छ । पत्रमा तत्काललाई जोड विजोड प्रणाली लागू गरेर भएपनि कक्षा सञ्चालनको ब्यवस्था मिलाउन भनिएको छ । पत्र बुझाउने कार्यक्रममा नगर कार्यसमितिका पदाधिकारीहरुको सहभागिता थियो । सो अवसरमा नगर शिक्षा प्रमुख शोभाकर रेग्मीको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*