प्याब्सन–एनप्याब्सनलाई शिक्षक युनियन यस्तो दियो चेतावनी

बाइलाइन नेपाल
१ श्रावण २०७७, बिहीबार १६:५९
फाइल तस्वीर

हेटौंडा । संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समितिले प्याब्सन, एनप्याब्सनलाई निर्णय सच्याउन आग्रह गरेको छ । प्याब्सन–एनप्याब्सनले साउन १ गतेदेखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेको थियो ।

उक्त निर्णय तत्काल सच्याउन माग गर्दै संस्थागत शिक्षक युनियन राष्ट्रिय समितिले आज विज्ञप्ती जारी गर्दै ३ दिन भित्र निर्णय नसच्याए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । समितिका अध्यक्ष होमकुमार थापा र महासचिव भोलनाथ चालिसेद्वारा जारी विज्ञप्तीमा प्याब्सन, एनप्याब्सनको अनलाइन कक्षा बन्द गरेर शिक्षकलाई बेतलबी बिदा दिने निर्णयको भत्र्सना गरिएको छ । लामो समयदेखि शिक्षकले तलब नपाएको अवस्थामा राज्यले पनि समस्याको समाधान गर्न तत्काल पहल थाल्न आग्रह गरिएको छ ।

लकडाउनको बहानामा अघिल्लो आवको तलब पनि नदिने र अहिले रोजिरोटी खोस्न गैरजिम्मेवार र गैरकानूनी काम नगर्न समितिले प्याब्सन, एनप्याब्सनलाई आग्रह गरेको छ । विज्ञप्तीमा निकासका लागि नेपाल शिक्षक महासंघ, अभिभावक महासंघलगायत सरोकारवाल निकायको ध्यानाकर्षण गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*