प्याब्सन, एनप्याब्सन विरुद्ध संस्थागत विद्यालयका शिक्षक,कर्मचारी आन्दोलनमा उत्रने (अपिलसहित)

बाइलाइन नेपाल
१ श्रावण २०७७, बिहीबार १३:४१

हेटौंडा । सरकारले माग सम्बोधन नगरेको भन्दै साउन १ गते बाट प्याब्सन र एन–प्याब्सनले संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णयविरुद्ध मकवानपुरका संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीले आन्दोलन गर्ने भएका छन् ।

प्याब्सन र एनप्याब्सनको निर्णय विरुद्ध आन्दोलनमा उत्रनुको विकल्प नभएको संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) का राष्ट्रिय समिति सचिव दीपक गौतमले आज एक अपिल सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा जारी गरेको अपिलमा चारमहिना देखि तलब नपाउँदा पनि वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप मार्फत खटिएका शिक्षकलाई अहिले आएर विद्यालय सञ्चालकहरूको छाता सङ्गठन प्याब्सन, एन। प्याब्सनले शिक्षक(कर्मचारीलाई बेतलबी घरबिदा दिने तथा अनलाइन कक्षा रोक्ने निर्णय गर्नु घृणित कार्य भएको उल्लेख छ ।

अपिलमा भनिएको छ– ‘हिजो शिक्षक सुत्केरी बिदामा बस्नुपर्दा, किरिया बिदामा बस्नुपर्दासमेत जागिरबाट निकालिदिने मानवीय संवेदनासमेत नभएका सञ्चालकहरू अहिले केकति कारणले शिक्षककर्मचारीलाई घरबिदा दिँदै छन् ? शैक्षिक उत्तरदायित्व बहनमा हाम्रो भूमिकाको उच्च मूल्याङ्कन गर्दै हामीले पाउनुपर्ने सेवा सुविधाको व्यवस्थापनमा गम्भीर हुनुपर्ने, आपतकालीन अवस्थामा आर्थिक व्यवस्थापनमा वैकल्पिक उपाय अवलम्बन गर्नुपर्नेमा अभिभावक र सरकारलाई घुर्क्याउँदै पठनपाठन ठप्प पार्ने निर्णय अत्यधिक घृणित कार्य हो । यस्तो गैरजिम्मेवार निर्णयको पक्षमा उभिनु हाम्रो आचरण, नैतिकता र हामीले निर्वाह गर्दै आएको शैक्षिक जिम्मेवारीभन्दा धेरै टाढाको र अकल्पनीय विषय हुन् । हामीलाई नसोधी हामीलाई नै बेतलबी घर बिदा दिने हैसियत प्याब्सन, एन। प्याब्सनलाई कसले दियो ?’

सबै शिक्षक तथा कर्मचारी इष्टुको छातामा रहेर अध्ययन अध्यापनलाई निरन्तरता दिंदै आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने अपिलमा उल्लेख छ । सञ्चालकहरुसँग कामको मूल्य कसरी लिने, त्यो लडाइँको छुट्टै तयारी गर्नुपर्ने जनाइएको छ । अपिलमा अहिलेलाई पठनपाठनलाई निरन्तरता दिंदै प्याब्सन,एनप्याब्सनको निर्णयविरुद्ध मोर्चाबन्दीमा उभिन आग्रह गरिएको छ । तर इष्टुले अहिलेसम्म प्याब्सन,एनप्याब्सनको निर्णयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

प्याब्सनरएन। प्याब्सनको बेतलबी घरबिदाविरूद्ध सङ्घर्ष गर्न संस्थागत विद्यालयका शिक्षक-कर्मचारीहरूमा हार्दिक अपिल !
सम्पूर्ण साथीहरू ,
विगत चार महिनादेखि हामीले तलबका हिसाबले कतिले भोकभोकै, कतिले अलिकति त कतिले आधा पेट खाएर पनि अनलाइनको माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिँदै आएकोमा आज साउन १ गतेदेखि विद्यालय सञ्चालकहरूको छाता सङ्गठन प्याब्सन, एन। प्याब्सनले शिक्षक(कर्मचारीलाई बेतलबी घरबिदा दिने तथा अनलाइन कक्षा रोक्ने निर्णय गरेका छन् । हिजो शिक्षक सुत्केरी बिदामा बस्नुपर्दा, किरिया बिदामा बस्नुपर्दासमेत जागिरबाट निकालिदिने मानवीय संवेदनासमेत नभएका सञ्चालकहरू अहिले केकति कारणले शिक्षक(कर्मचारीलाई घरबिदा दिँदै छन् रु शैक्षिक उत्तरदायित्व बहनमा हाम्रो भूमिकाको उच्च मूल्याङ्कन गर्दै हामीले पाउनुपर्ने सेवा सुविधाको व्यवस्थापनमा गम्भीर हुनुपर्ने, आपतकालीन अवस्थामा आर्थिक व्यवस्थापनमा वैकल्पिक उपाय अवलम्बन गर्नुपर्नेमा अभिभावक र सरकारलाई घुर्क्याउँदै पठनपाठन ठप्प पार्ने निर्णय अत्यधिक घृणित कार्य हो । यस्तो गैरजिम्मेवार निर्णयको पक्षमा उभिनु हाम्रो आचरण, नैतिकता र हामीले निर्वाह गर्दै आएको शैक्षिक जिम्मेवारीभन्दा धेरै टाढाको र अकल्पनीय विषय हुन् । हामीलाई नसोधी हामीलाई नै बेतलबी घर बिदा दिने हैसियत प्याब्सन, एन। प्याब्सनलाई कसले दियो रु आर्थिक सङ्कटले विद्यालय सञ्चालन गर्न नसक्नेले आफ्नो झिटीझाम्टाको लिलाम बिक्री गरून्, हामीले त्यसबाट हाम्रो रोकिएको सेवासुविधा भर्पाई बुझी लिउँला । नत्र भने यो समय सञ्चालकहरू जिम्मेवारीबाट भाग्ने र शिक्षककर्मचारीले पनि मालिकको आज्ञाकारी बनेर पुच्छर हल्लाउने समय होइन । हामीले निजी शैक्षिक संस्थाले आपतकालीन अवस्थामा शिक्षककर्मचारीका पेसागत अधिकारमाथि गर्न खोजेको कुठाराघात र विशुद्ध नाफाघाटामुखी नियतको साक्षीकिनारा फिटिक्कै बस्नुहुँदैन । केन्द्रीय प्याब्सन र एनप्याब्सनको निर्णय नमान्ने विद्यालयसँग सहकार्य गरौँ, केन्द्रको लाटो निर्णय पालना गर्ने विद्यालयमा जबर्जस्ती गरौँ । कुनै पनि हालतमा वैकल्पिक पठनपाठन नरोकौँ । हिजोअस्तिजस्तै आज र भोलिका दिनहरूमा पनि हामीले कक्षाहरू सञ्चालन गरौँ । हामी विगतमा नाफामा सहभागी थिएनौँ र आज घाटामा पनि हामी कुनै आर्थिक जिम्मेवारी लिँदैनौँ । हाम्रो काम अध्ययन अध्यापन गर्ने हो । हाम्रो जिम्मेवारी यसैको निरन्तरता हो । कामको मूल्य कसरी लिने, त्यो लडाइँको छुट्टै तयारी गरौँला । अहिलेलाई पठनपाठनलाई निरन्तरता दिऊँ । हामी शिक्षक शिक्षक बनौँ । कसैको कठपुतली नबनौँ । सञ्चालकहरू निर्भीक रूपमा प्याब्सनरएन। प्याब्सनमा आबद्ध भएजस्तै हामी पनि हाम्रो साझा संस्था क्ष्क्त्ग् मा आबद्ध बनौँ र सशक्त आन्दोलनको आँधीबेहरी सिर्जना गरी प्याब्सनरएन। प्याब्सनको भर्त्सनायोग्य र आत्मघाती निर्णयविरुद्ध मोर्चाबन्दी गरौँ । हाम्रै रगत र पसिनाको बलमा महल ठडाउने सञ्चालकहरूले आज हामीलाई नै अप्ठेरोमा लात हान्ने दुष्प्रयास गरिरहँदा समेत आफ्नो अधिकारबारे नजान्ने, नजानेजस्तो गर्ने, नबुझ्ने, नबुझेजस्तो गर्ने, छँदाखाँदाको जागिरबाट हात धुनुपर्ने अवस्थामा समेत नजाग्ने शिक्षक शिक्षक हुन सक्दैन, जिउँदो जाग्दो शिक्षक बनौँ, मूर्दाजस्तो बन्न छाडौँ, मेरा लागि अरुले लडिदिन्छ र खाउँला भनेर हिजोजस्तै मूकदर्शक बन्न छाडौँ । सबै शिक्षक(कर्मचारी क्ष्क्त्ग् को छातामुनि आबद्ध बनौँ । यो सङ्गठनलाई मजबुद बनाउने र सञ्चालक एवम् सरकारलाई हाम्रो जायज माग पूरा गराउने र सधैँका लागि जित्ने समय हो । जय इष्टु, जय शिक्षककर्मचारी एकता !!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*