नयाँ अभ्यासले सफलता प्राप्त हुन्छः मुख्यमन्त्री पौडेल

बाइलाइन नेपाल
१ श्रावण २०७७, बिहीबार १२:५५

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेर नयाँ अभ्यासको सुरुवात गरेको बताएका छन् । साउन १ गते बिहीबार वाग्मती प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेपछि मुख्यमन्त्री पौडेलले नयाँ अभ्यासले प्रदेश सरकारलाई सफलतामा पुर्याउन सहयोग गर्ने बताएका हुन् ।

आर्थिक वर्ष २०७७,०७८ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न आवको पहिलो दिनमै मन्त्रीहरुसँग छुटाछुट्टै सम्झौता गरेका मुख्यमन्त्री पौडेलले सम्झौताले अझ जिम्मेवार र नैतिक रुपमा बन्धनमा पार्ने काम गर्ने बताए । सरकारका नीति तथा कार्यक्रमलाई आवको सूरु देखिनै कार्यान्वयन गराउनका लागि सम्झौता गरिएको उनको भनाइ छ ।

उनले प्रदेश सरकारको कार्यसम्पादनलाई अब्बल बनाउन सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताए । सम्झौताले मन्त्रीहरुलाई आफ्नो जिम्मेवारी पुरागर्नेतर्फ छन् उत्प्रेरित गर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ । उनले यो सम्झौता प्रतिवद्धता पनि भएको उल्लेख गर्दै सबैले जिम्मेवारीलाई इमानदारिताका साथ निर्वाह गर्ने विश्वास राखेको उल्लेख गरे ।

कार्यसम्पादन सम्झौता पछि मासिक रुपमा गरिने कामका बारेमा पनि मन्त्री र मुख्यमन्त्री बीच सम्झौता हुने उनले बताए । यसैगरी नजितामुखी कामका लागि मन्त्री र सचिव तथा सचिव र मातहतका कर्मचारीबीच पनि सम्झौता हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*