मुख्यमन्त्री डोरमणि पौडेलले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

बाइलाइन नेपाल
१ श्रावण २०७७, बिहीबार १२:२०

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रीहरुसँग एक वर्षे कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते मन्त्रीहरुसँग मुख्यमन्त्री पौडेलले लिखित रुपमै कार्यसम्पाद सम्झौता गरेका हुन् ।

 

मुख्यमन्त्री कार्यलयमा साउन १ गते भएको कार्यक्रममा प्रदेशका मन्त्रीसँग छुट्टाछुट्टै ‘कार्यसम्पादन सम्झौता’ गरेका छन् । यो सम्झौताको अवधि एक आर्थिक वर्ष (आव २०७७,०७८) अर्थात २०७८ साल असार मसान्तसम्म हुने छ । प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मुख्यमन्त्रीले सम्झौता गरेर काम सुरु गर्न लागेको बताए ।

मुख्यमन्त्री पौडेलले र सम्बन्धित मन्त्रालयका मन्त्रीले हस्ताक्षर गरेको सम्झौता पत्र हस्तान्तरण गरिएको छ । सम्झौतामा ‘सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कार्यहरु गर्ने’ भनिएको छ ।

यसअघि २०७७ असार मसान्तसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग छुट्टाछुट्टै लिखित ‘कार्यसम्पादन सम्झौता’ गरेका थिए । प्रधानमन्त्रीले मौजुदा ‘नेपाल सरकार कार्यसम्पादन नियमावली २०७४’ मै टेकेर गरिएको भएपनि प्रदेशमा यो सम्झौता कुन नयाँ ऐन,नियममा टेकेर गरिएको भन्ने कुरा खुलाइएको छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*