भवन बनाउन हेटौंडामा रातारात उखेलियो सीसौका रुख

बाइलाइन नेपाल
३१ असार २०७७, बुधबार २०:४७

हेटौंडा । वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक कार्यालय भवन निर्माणका लागि रातारात रुख कटान गरिएको छ । मन्त्रालयको पूर्वाधार निर्देशनालयको लागि आवश्यक प्रि–फ्याब भवन निर्माणका लागि डाङडुङे सामुदायिक वन समूहको संरक्षित क्षेत्रको ३५ वटा सीसौको रुख जरैसमेत उखेलिएको छ ।

उखेलिएको रुख डिभिजन वन कार्यालय राप्तिले नियन्त्रणमा लिएको छ । उखेल्दासम्म थाहा नपाएको कार्यालयले बिहानै उखेलिएको सीसौको रुख नियन्त्रणमा लिएको राप्ती डिभिजन वन कार्यालयका प्रमुख दीर्घनारायण कोइरालाले बताए ।

उनका अनुसार काटिएको रुख ३ सय ७० क्युविक फिट काठ र आधा चट्टा दाउरा रहेको छ । जमिन हकभोगको अधिकारविनै भौतिक पूर्वाधार मन्त्रालयले दादागिरी शैलीमा रुख नष्ट गरेको डिभिजन प्रमुख कोइरालाले बताए ।‘हामी अनुसन्धानको क्रममा छौं, कटान मुछान रोकिएको समयमा संरक्षित क्षत्रेको रुख नष्ट गरिएको छ, उखेल्ने एक्साभेटरको खोजीमा छौं’ उनले भने ।-साभारः अनलाइनखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*