कांग्रेस वाग्गमती संसदीय दलद्वारा सिन्धुपाल्चोक बाढिपहिरो पीडितलाई ५ लाख सहयोग

बाइलाइन नेपाल
३१ असार २०७७, बुधबार २०:१३

हेटौंडा । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो प्रभावितलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढी प्रभावित भोटेकोशी गाउँपालिकाका घरवारविहिन ८० परिवारलाई नगद राहत वितरण गरेको हो । कांग्रेसले प्रतिपरिवार ५ हजार रुपैयाँका दरले ४ लाख रुपैयाँ प्रभावित क्षेत्रमा वितरण गरेको छ । त्यस्तै, काठमाडौंको ह्याम्स अस्पताल पुगेर ३ जना मृतकका परिवारलाई नगद १० हजार रुपैंयाका दरले र ७ जना घाइतेलाई पनि १० हजार रुपैंयाका दरले १ लाख रुपैयाँ वितरण गरेको संसदीय दलका सचिव निमा लामाले बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोकका सांसद लामासहितले राहत वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै संसदीय दलका नेता बानियाँले बाढीपहिरो प्रभावित र घरविहिनहरुलाई प्रदेश सरकारले यथाशिघ्र व्यवस्था गर्नुपर्ने भन्दै यसतर्फ सरकारलाई सचेत गराए । बाढिपहिरो प्रभावितहरु अहिले तातोपानी भन्सार तथा सुख्खा बन्दरगाहमा अस्थायी रुपमा बसोवास गरिरहेका छन् । सडक सञ्जाल विच्छेद भएपछि बानियाँसहितको टोली आफ्नै खर्चमा हेलिकप्टरमार्फत प्रभावित क्षेत्र पुगेको थियो । प्रष्टखबर डटकमबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*