प्रेस युनियन मकवानपुर अध्यक्ष अधिकारीलाई पितृशोक

बाइलाइन नेपाल
३१ असार २०७७, बुधबार ०६:३०

हेटौंडा । प्रेस युनियन मकवानपुर अध्यक्ष ,नेपाल पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी (पोष्टराज), पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य सरला अधिकारी, महासंघका केन्द्रीय प्रतिनिधि दीपक अधिकारी र पत्रकार उद्धव अधिकारीलाई पितृशोक परेको छ ।

उपचारका क्रममा रहेका ७२ बर्षीय बुबा गोपालप्रसाद अधिकारीको मंगलबार साँझ निधन भएको हो। टाउको सम्बन्धी रोगबाट पीडित रहेका उनको मंगलबार काठमाडौँ महाराजगन्जमा रहेको त्रिवी शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारजनले जानकारी दिएका छन् ।अधिकारीको तीन छोरा, दुई छोरी र श्रीमति रहेका छन् । मकवानपुरका पत्रकारले अधिकारीको परिवारप्रति समावेदना व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*