बालकुमारी थापाको निधनमा नेकपा मकवानपुरले तीन दिन झण्डा आधा झुकाउने

बाइलाइन नेपाल
३० असार २०७७, मंगलवार १९:४४

हेटौंडा । मकवानपुरको कम्युनिष्ट आन्दोलनकी नेतृ, कम्युनिष्ट आन्दोलनकी ‘आमा’ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेविकी बालकुमारी थापाको निधनमा नेकपा मकवानपुरले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

आज नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल र सचिब प्रेमबहादुर पुलामीले विज्ञप्ती जारी गर्दै पार्टीको झण्डा आधा झुकाउने बताएका हुन् । थापाको गएराती निधन भएको थियो। उनको निधनप्रति पार्टीले गहिरो समवेदना व्यक्त गरेको छ । आज पार्टीका केन्द्रीय सदस्य केदार न्यौपाने, रामेश्वर राना, अध्यक्ष सिग्देल, सचिव पुलामी सहितका नेताले थापाको घरमै गएर श्रदान्जली व्यक्त गरेका थिए ।

कम्युनिष्ट आन्दोलनकी नेतृ थापाको ७६ वर्षको उमेरमा गएराती हेटौंडा अस्पतालमा मृत्यु भएको हो । मुटुमा थप समस्या आएकाले उनलाई अस्पतालमा ल्याइएको थियो । कम्युनिष्ट आन्दोलनकी धरोहर थापालाई रोगले धेरै चापेपछि हेटौंडा अस्पताल ल्याएपछि डाक्टरले मृत घोषणा गरेको नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले बताए ।

थापाको घरमा तत्कालिन नेकपा माले पार्टीका नेता भुमिगत हुँदा घरमा लुकेर बस्ने गरेका थिए । अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालिन महासचिव मदनकुमार भण्डारी, नेता जिवराज आश्रित, विद्यादेवी भण्डारी, मालेका महासचिव सीपी मैनाली, नेकपाका नेता प्रदिप नेपाल लगायतका नेतालाई आश्रय दिएकी थिइन् ।

बिरामी परेर थला परेकी थापालाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उपचारका लागि सरकारको तर्फबाट यसअघि एक लाख रुपैयाँ प्रदान गरेका थिए । विगत ५० वर्ष अगाडि देखि विभिन्न आन्दोलनमा सरिक थापा दम, मुटु रोगले ग्रस्थ थिइन् । उनका तीन छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*