सुस्मिता हत्याकाण्ड प्रकरणः अदालतको आदेश भोली मात्रै

बाइलाइन नेपाल
३० असार २०७७, मंगलवार १९:३४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका– ४ की सुस्मिता केसी थापाको हत्या प्रकरणको आदेश भोली बुधबार मात्र हुने भएको छ । जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराईका अनुसार, आज मंगलबार थुनछेक बहस नसकिएकोले आदेश भोलिमात्रै हुने भएको हो ।

सुस्मिताको हत्यामा संलग्न भएका ४ जनाको हिजो सोमवार अदालतमा बयान सकिएको थियो । सरकारी वकिलको कार्यालयले सो हत्या प्रकरणमा संलग्न ५ जना विरुद्ध जिल्ला अदालत मकवानपुरमा अभियोग पत्र दर्ता गराएको थियो ।जिल्ला अदालत मकवानपुरले आज सोही मुद्दाको थुनछेक बहस गरेको थियो । उक्त बहस नसकिएपछि आदेश भोलि मात्र हुने भएको हो ।

जिल्ला अदालत मकवानपुरका अनुसार, हत्यामा संलग्न ५८ बवर्षीय ससुरा प्रकाश थापा, २३ वर्षीया नन्द सीता थापा, ५० वर्षीया सासु तुलसा थापा, जेठी नन्द २७ वर्षीया दुर्गा थापाले हिजो बयान दिएको थियो । सरकारी वकिलले सुस्मिताको जेठी नन्द दुर्गाको श्रीमान अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो । तर, आरोपी कार्की भने अदालतको सम्पर्कमा आएका छैनन् ।

सुस्मिता गत असार २ गते आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले असार १५ गते परिवारकै ४ जना सदस्यहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*