कृष्ण आर्दशमा भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता

बाइलाइन नेपाल
२९ असार २०७७, सोमबार १६:१३

हेटौंडा । हेटौंडा–९ मा रहेको कृष्ण आदर्श बोर्डिङ स्कूलले २०७ औं भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको छ । भानु जयन्तीमा स्कूलले अन्तर कक्षा (८,९,१०) स्तरीय कविता प्रतियोगिता गरेको हो ।

प्रतियोगितामा कक्षा ८ की श्रेया पराजुली प्रथम, कक्षा ९ की सालु यादव द्धितिय, कक्षा १०की .कृपा सिंह तितृय र कक्षा १० कै खुसी पौडेल,निमा लामा सान्त्वना भएका छन् । कार्यक्रम स्कूलका प्रधानाध्यापक नवीन केसीको सभाध्यक्ष तथा अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो। विजयी विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरेको थियो ।

१३ जना सहभागी भएको प्रतियोगितामा निर्णायकमा साहित्य सङ्गम मकवानपुरका सचिव डीबीबर्तौला,कृष्ण आदर्शकी नेपाली विषय शिक्षिकाद्वय दुर्गा कार्की र कल्पना खतिवडा रहेका थिए । कार्यक्रममा सुदेष्णा सिग्देल, दिपेश रायमाझी र अञ्जली लुइँटेल अतिथि रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*