सुस्मिता हत्यामा सम्लग्न ५ जना विरुद्ध अदालतमा अभियोगपत्र दर्ता

बाइलाइन नेपाल
२९ असार २०७७, सोमबार १३:४३

हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ की सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न भएको भन्दै ५ जना विरुद्ध जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मकवानपुरमा दुर्गा थापाको श्रीमान बिरुद्ध पनि जन्मकैद सँजाय माग गर्दै मुद्दा दायर गरेको हो । सो हत्या प्रकरणमा ५ जनामाथि अभियोग पत्र दर्ता भएको छ ।

मृतक केसीको ससुरा प्रकाश थापा र कान्छी नन्द सीता थापालाई आजीवन कैद सँजायको माग गरिएको छ । जेठी नन्द दुर्गा र उनको पतिलाई जन्मकैद अर्थात २५ वर्ष र उनको सासु तुलसीकुमारी थापालाई हत्याराको मतियार रहेको भन्दै साँढे १२ वर्ष कैदको माग गरिएको छ । प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यलयले जिल्ला अदालतमा मुद्धा दायर गरेको हो । साभारः तुखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*