मकवानपुरगढी गाउँपालिकाको बजेट ५९ करोड ७५ लाख (नीति तथा कार्यक्रम र बजेटको पूर्णपाठसहित)

बाइलाइन नेपाल
१० असार २०७७, बुधबार २०:२८

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले आज आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कार्यक्रममै समेटेर आगामी आर्थिक वर्ष ०७७। ०७८ को लागि ५९ करोड ७५ लाख ७ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । यो बजेट सबै सदस्यहरुले छलफलबाट केहीदिनमा पारीत गरिने मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिनुभयो ।

बजेटमा कृषि र रोजगारीलाई प्राथमिकता दिइएको छ । पुर्बाधार विकासका काममा बढी रकम छुट्याइएको छ । गढी गाउँपालिका ३ नम्वर वडा अध्यक्ष भागवत घिमिरेले बजेट र नीति तथा कार्यक्रम बाचन गर्नुभयो । आयतर्फ संघीय सरकार र प्रदेश सरकार वितिय समानिकरण अनुदान १० करोड ९० लाख ५८ हजार प्राप्त भएको, राजस्व बाँडफाँड तर्फ १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान, अर्कोतर्फ आन्तरिक आयतर्फ २ करोड ९१ लख ३० हजार प्राप्त हुने अनुमान, त्यसैगरि संघीय र प्रदेश सरकार शर्सत अनुदान २२ करोड ५ लाख ६० हजार हुने अनुमान, समपुरक अनुदान ५ करोड, विषेश अनुदान रकम २ करोड ७६ लाख प्राप्त हुने अनुमान सहितको विवरण पेश गरिएको छ ।

मकवानपुर गढी गाउँपालिकाले आगामी आर्थिएक वर्षका लागि ल्याएको बजेट जस्ताको तस्तै ।

सर्वप्रथम मकवानपुरगढी गाँउपालिकाको गाँउ व्यवस्थापिकाको पाँचौ गाउँ सभामा यहाँहरुलाई हार्दिक स्वागत एवं अभिवादन व्यक्त गर्न चाहन्छु ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् २०७२ असोज ३ गते जारी नेपालको संविधान (२०७२) मा व्यवस्था भए बमोजिम तिनै तहको सरकार गठन भई आ–आप्mनो जिम्मेवारी वहन गरी सकेका छन् । हामीले स्थानीय तहको सरकारका रुपमा कार्यभार सम्हालेको तेश्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरी सकेका छौं । देशमा भएको राजनैतिक परीवर्तनको अध्याय समाप्ती पस्चात सामाजिक न्याय, सुशासन र आर्थिक, सामाजिक रुपान्तरण र सम्वृद्धि प्राप्तिको दिशा तर्पm अगाडि वढ्न आधारशिला तयार भएको छ । आजको यस उपलब्धि प्राप्तिका लागि मुलुकको विभिन्न कालखण्डमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन ऐतिहासिक जनक्रान्ति र जनआन्दोलनमा थुप्रै नेपालीहरुले त्याग र बलिदान गर्नु भएको छ । यसै क्रममा यसै मकवानपुरगढी गाँउपालिका अन्तरगत रहनु हुने शहिद वाशुदेव घिमिरे, शहिद रुद्र पाख्रिन लगायत सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक श्रद्धान्जली सहित उच्च सम्मान प्रकट गर्न चाहन्छु ।
हामी मकवानपुरगढी गाँउपालिकाको गाँउ व्यवस्थापिकाको पाँचौ गाँउ सभा सम्पन्न गर्न गइरहेकाछौं । मकवानपुरगढी गाँउपालिकाका ऐतिहासिक मकवानपुरगढी दरवार तथा सिङ्गो मकवानपुर जिल्लाको समेत पहिचान संग जोडीएको गाँउपालिका हो । यसले ऐतिहासीक, धार्मिक पर्यटन, एग्रो टुरिज्मको प्रचुर स्मभावना वोकेको छ । हामीले यस गाउँपालिकाको विशेष गरी सवै प्रकारका भौतिक पूर्वाधार विकास, सामाजिक विकास र आर्थिक विकासलाई समान विधिबाट अगाडी वढाउँदै, सुशासन सहितको समृद्धि प्राप्तिको अठोटका साथ अगाडी वढ्दैछौं । यिनै तथ्यलाई आत्मसाथ गर्दै यस गरीमामय गाँउ व्यवस्थापिकाको पाँचौ गाँउ सभामा आगामी आर्थिक वर्ष २०७७÷२०७८ को निती तथा कार्यक्रम र त्यसलाई लक्षित गरी प्रक्षेपण गरीएको आय र व्ययलाई अनुमोदन गर्दै सम्पन्न हुनेछ भन्ने अपेक्षा सहित मकवानपुरगढी गाँउपालिका स्थानिय तहको सरकारको निती तथा कार्यक्रम यस सभामा पेस गर्ने अनुमति चाहन्छु ।
हालको अवस्था ः
स्थानीय तहको निर्वाचन सम्पन्न भई स्थानीय तहको सरकार गठन भएको ३ वर्ष पुरा भएको छ । स्थानीय सरकार संचालन ऐन, वित्तिय हस्तान्तरण सम्वन्धी मार्गदर्शन लगायत ऐन कानुनहरु प्राप्त भएका छन् । अन्य आवश्यक ऐन, कानुनहरु तयार भई आउने क्रममा छन् । स्थानीय तहले पनि संविधानले दिएको अधिकार प्रयोग गरी आवश्यक आन्तरिक ऐन, नियमावली र कार्यविधीहरु निर्माण भई कार्यान्वयनमा ल्याईएको र आवश्यक अरु निर्माण भई रहेको जानकारी गराउँदछु । ऐन कानुन समयमा प्राप्त हुन नसक्नु, साझा अधिकारको सूचि कार्यान्वयनको आधार तयार हुन नसक्नु, पर्याप्त कर्मचारी प्राप्त नहुनु,स्थानीय तह संचालनका लागी पर्याप्त बजेट, श्रोत र साधन प्राप्त नहुनु जस्तो असहज अवस्थालाई पनि सहज बनाई जनता संग प्रतक्ष्य सम्वन्ध राख्ने स्थानीय सरकारको अनुभुति गराई सुशासन सहित समृद्धिको बाटोमा अगाडी वढ्नु पर्ने आजको मूलभूत आवश्यकता रहेको अवगत गराउदछु ।
हाल विश्वमा कोभिड–१९ कोरोना भाइरसको माहामारी फैलिएका कारण विषम परिस्थिती सृजना भएको यँहाहरुलाई अवगत नै छ । यस माहामारीबाट हाम्रो मुलुकलाई बचाउन संघिय सरकार, प्रदेश सरकार, मातहतका निकायहरु, सामाजिक सघं संस्थाहरु, गैह्रसरकारी निकायहरु लागि परेका छन् । यसै क्रममा मकवानपुरगढी गाउँपालिकामा पनि सर्वदलिय र सर्वपक्षिय रुपमा समन्वय गर्दै स्वास्थ्यकर्मी, सुरक्षाकर्मि, संचारकर्मि, टोल विकास संस्थाहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुसँग सहकार्य र समन्वय गर्दै हामी सम्पूर्ण जनप्रतिनिधि पालिका परिवार कोरोनँ नियन्त्रणको अभियानमा निरन्तर लागि रहेका यहाँहरु जानकारी गराउन चाहन्छाँै । यस गंभिर परिस्थितिमा पनि आफ्नो स्वास्थ्यको पर्वाह नगरी अग्रपक्तिंमा रहेर स्वास्थ्य सेवा प्रवाह गर्नुहुने स्वास्थ्यकर्मीहरु, सुरक्षा व्यवस्थापन गर्नुहुने प्रहरी सुरक्षाकर्मीहरु तथा कोरोना जोखिम नियन्त्रणका लागि प्रयासरत रहनुहुने सम्पूण जनप्रतिनिधिज्यूहरु, कर्मचारी, टोलविकास संस्थाका पदाधिकारीहरु तथा सम्पूर्ण जनसमूदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । माहाँमारीका कारण २०७६ चैत्र ११ बाट भएको लकडाउनबाट, विकास निमार्णका काम, सामाजिक क्षेत्रका अभियान, आर्थिक क्षेत्रमा पूर्ण प्रभाव पर्नु सँगै सिङ्गो मानव जिवन यापनमा गंभिर समस्या उत्पन्न भएको छ । यस परिस्थितिलाई सहज बनाउन, कोरोनाको प्रभाव न्युनिकरण गर्न, गाउँपालिकाले सचेनता मूलक कार्यक्रमहरु संचालन, हेल्थ डेक्स निर्माण, आवश्यक स्वास्थ्य सामाग्री, उपकरणको व्यवस्था, क्वारेन्टाइन निर्माण, बाहिरबाट आउने व्यक्तिहरुको तथ्याङ्क संकलन र निगरानी बाहिर रहेका गाउँवासीलाई गाउँ ल्याउने कार्य, श्रममा आश्रित मजदुरहरुलाई राहत वितरण तथा लामो समय बाहिर बसी जग्गा बाँझो राखेका, हाल गाउँ फर्कन ईच्छुक गाउँवासीहरुलाई बाँझो जग्गा उपयोग कार्य विधि मार्पmत पशुपालन, मल, विउ प्राप्त गरी खेति गर्न आवश्यक प्रोत्साहन कार्यक्रम अगाडि बढाउनु सँगै आवश्यक कार्य विधि निर्माण गरी कार्य गर्दै आएको यस गरीमा मय सभामा जानकारी गराउन चाहन्छु ।
चालु आर्थिक वर्षको प्रगतिको समिक्षा
ऐतिहासिक राज्य पुनसंरचना पछी तीन तहको सरकारको परिकल्पना अनुसार मकवानपुरगढी गाउँपालिकाको स्थापना भएको हो । गाउँपालिकाको स्थापना पछि निर्वाचित जनप्रतिनिधिहरुले नँया अनुभवको साथ स्थानीय तहको शासन संचालन गरिहेको अवस्थामा रहेको छ । असिमित श्रोत साधनको विच सरकार संचालनमा समस्याहरु आइरहे पनि गाउँपालिकाले विकासको खाकालाइ समेटि अगाडी वढीरहेको छ । यस गाउपालिकाले ५ वषर््ो आवधिक योजना निर्माण गरि गाउँपालिकाको नारा “मकवानपुरगढी गाउपालिकाको समृद्धीको आधारस शिक्षा, कृषि, पर्यटन र पुर्वाधार” भन्ने निर्णय गरि त्यसलाइ लागू गर्ने तर्फ अग्रसर भइरहेको छ । गाउँपालिकाले गाउँपालिकाको केन्द्र सम्म आउने तथा गाउपालिकाको केन्द्रबाट वडा केन्द्र सम्म जाने सडकहरु स्ल्याव ढलान निर्माण गर्ने कार्यक्रम संचालन गरि रहेको छ । गाउँपालिका केन्द्रबाट वडा केन्द्र सम्मको सडक मार्ग १२ महिनै संचालन गर्न गाउँपालिकाले योजना बनाई अगाडि बढिरहेको छ ।
गाउँपालिका स्थापना भएपछि गाउँपालिकामा पक्की पुलको निर्माण कार्यलाई आवश्यकता अनुसार तिव्रता दिइएको छ । ज्यामिरे खोलाको पुल यसै आ.व.मा निर्माण पुरा हुने छ भने वडा ३ र ५ जोडने पक्की पुल, वडा ३ र ६ जोडने वेलीव्रजि, वडा ४ र ५ जोडने फलामे पुल आगामी आ.व.मा पुरा हुने छ । आगामी आ.व.मा लाँमिडाडा पक्की पुल, भालुखोला पक्की पुल तथा ज्यामिरे खोला पुलको काम शुरु गरिने छ । यस गाउँपालिकामा जोडिएका साविकको मकवानपुरगढी गा.वि.स. हालको गाउँपालिकाको वडा नं. १ देखि ४ सम्मको वडामा रहेको खानेपानी समस्या हल गर्नको लागी ५ वटा खानेपानी योजना संचालन गरी आगामी आ.व. भित्र सवै घरधुरीमा “एक घर एक धारा” को अवधारणा अनुसार स्वच्छ खानेपानी वितरण गर्ने कार्यक्रम सम्पन्न हुने छ ।
यस गाउँपालिका पर्यटन विकासको प्रचुर संभावना बोकेको गाउपालिका भएको हुनाले त्यस तर्फ मकवानपुरगढी दरवारमा आवश्यक भौतिक निमाण गरिएको छ । त्यसैगरी मनकामना मन्दीर तथा ऋषेश्वर गुपmाको भौतिक सुधार यसै आ.व.मा गरि सकिनेछ । आधारभुत स्वास्थ्य सेवा जनताको नैसर्गित अधिकार भएको हुँदा यस गाउँपालिकाले सबै वडामा आधारभूत स्वास्थ्य सेवाको लागी स्वास्थ्य इकाईहरु स्थापना गरी संचालनमा ल्याइएको छ । १५ शैयाको अस्पताल निमार्ण कार्यको लागी यसै आ.व.बाट भवन निर्माण कार्य शुरु गरिएको छ । शिक्षा नै विकासको प्रमुख आधार भएको हुँदा बालबालिकाहरुलाई शिक्षामा पँहुच बढाउन तथा विद्यालयमा विद्यार्थीहरु टिकाइ राख्नको लागी शिशु कक्षा देखि ५ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरीएको छ । गाउँपालिका भित्र वंशगोपाल मा.वि.लाइ प्राविधिक विद्यालय स्थापना पठनपाठन शुरु गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बनाउनको लागी विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन शुरु गरिएको छ । गाउँपालिकाबाट नमूना विद्यालय छनौट गरी प्रोत्साहन गर्ने व्यवस्था गरीएको छ । आधारभूत तहको परीक्षामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहन गर्ने व्यवस्थाको शुरुवात गरिएको छ ।
गाउँपालिकाको आर्थिक आर्जनको प्रमुख श्रोत कृषि र पशुपालन भएको हुनाले त्यसलाई प्रवद्र्धनको लागी कृषकहरुलाई अनुदानको व्यवस्था गरीएको छ । प्रदेश सरकार, गाउँपालिका र स्थानीय दूग्ध उत्पादन सहकारी संस्थाको साझेदारीमा पशु दाना उद्योग स्थापना गरीएको छ । त्यसैगरी वडा नं. ८ मा तरकारी पकेट क्ष्ोत्र तथा वडा २ र ७ मा कागती पकेट क्षेत्र बनाइ कार्य अगाडी वढाइएको छ । यस गाउँपालिकाको वडा न. ३, ५ र ६ मा पशुपालन तथा कृषिमा आत्मानिर्भर रहेका कृषकहरुलाई थप टेवा पुग्ने गरी कृषि तथा पशू अनुदान प्रदान गरिएको छ । पशूपालन कृषकहरुको लागी दूग्ध उत्पादन सहकारी मार्फत प्रति लिटर ५० पैसा अनुदान दिने व्यवस्था गरिएको छ ।
लक्षीत वर्गहरुको आर्थिक उन्नती गर्नको लागी गाउपालिका स्तरीय समन्वय समितिहरु गठन गरी उनीहरुहरुको निर्णय र माग अनुसार कार्य अगाडी बढाइएको छ । गरिव तथा विपन्न परिवारको छनौट गरि अनुदान तथा आयमुलक तालिमहरु प्रदान गरिएको छ । गाउँपालिका स्थापना भएको छोटो समयमा गाउँपालिकामा स्थापना गरिएको स्वास्थ्य इकाइहरु मध्ये डुम्रेकुना स्वास्थ्य इकाइ मात्र भाडामा रहेको अन्य इकाइहरु आफ्नो भवन बनाई संचालन गर्न सकिएको छ भने वडा कार्यालयमध्य पनि यस आ.व. मा २ वटा आफ्नो भवन बनाउने लक्ष्य रहेको छ । यसै गाउँपालिकाले आफ्नो आम्दानिका श्रोतहरु बढाउनको अध्यनन गरी करका दायराहरु वृद्धि गरेको छ ।
हाल सम्मको बजेट कार्यान्वयनको अवस्थालाई हेर्दा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ९० प्रतिशत बजेट कार्यान्वयन हुने अपेक्षा रहेको छ ।
सभासद्ज्यूहरु
हाल आएको कोरोना माहामारीबाट भौतिक र समाजिक दुरी कायम गरी सुरक्षित रहन स्वस्थ्य कर उपभोग्य बस्तुको उत्पादन र उपभोग, श्रम र उत्पादन सम्बन्धसँग मानव जिवनलाई जोड्ने एक मात्र उपाय गाउँको वसाई भएको ठहर गरी विदेश गएका वा बाहिर शहरमा रहेका व्यक्तिहरु गाउँ फर्कने क्रम बढ्दो छ ।
उनीहरुलाई कृषि, पशुपालन र तट जन्य उद्यममा जोड्न आवश्यक प्रोत्साहन सहित सो क्षेत्रसँग सम्बन्धित पुर्वाधार क्षेत्रमा आवश्यक सहयोग पु¥याउन जरुरी रहेको छ ।
लकडाउनका कारण शिक्षा क्षेत्रको सम्पूर्ण कार्य ठप्प छ । हाल राज्यले अगाडि सारेको कार्य विधिअनुसार क्र.म.स.विद्यार्थीहरुलाई शिक्षक वा दक्ष जनशक्ति मार्पmत सहजिकरण गरी पठन पाठनमा जोडने वैकल्पिक विधिहरु मार्पmत अगाडि बढ्न जरुरी देखिन्छ ।

साथै संघीय सरकारले लकडाउनको स्वरुपलाई परिमार्जन गर्दै लगेको छ । माहाँमारीबाट बच्न र बचाउन जरुरी गरिएका सूचक र विधिहरुलाई पूर्णपालन गर्दै, विकास निर्माणका कार्यहरु विभिन्न उद्यमहरु कृषि तथा पशुपालन आप्mनो क्षेत्रका नियमित कार्यहरु गर्दै जिवनयापनलाई सहज बनाउदै अगाडि बढ्नु पर्ने आवश्यकता छ । वृद्ध, वृद्धा र असक्तहरुको परिवारलाई सहयोग पु¥याउँदै बाँकी राहतका कार्यक्रमहरु श्रमसँग जोडेर लग्नु पर्ने आवश्यक जरुरी रहेकोछ ।
निती निर्माण तथा योजना छनौटका आधारहरु ः

गाँउपालिकाको निती तथा कार्यक्रम योजना तर्जुमा र बजेट तयार गर्दा गाँउपालिकाको वस्तुगत अवस्था, भौगोलिक अवस्था, लक्षित वर्गको अवस्था, आवश्यकता र सहभागिता तयार भएका विषयगत गुरु योजनालाई प्रमुख आधार मान्दै नियमानुसार सहभागितात्मक योजना तर्जुमाका चरणहरु अवलम्वन गरी तर्जुमा गरिएको छ ।
बजेटको आय अनुमान गर्दा केन्द्र र प्रदेशबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान, ससर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान, आन्तरिक राजस्व र प्राकृतिक श्रोतबाट प्राप्त राजस्वलाई आधार बनाइएको छ । योजना छनौट गर्दा विगत देखि संचालन गर्दै आएका अधुरा योजनालाई पूर्णता दिने, कम लगानीमा वढी प्रतिफल प्राप्त हुने, छोटो समयमा सम्पन्न हुने, वढी जन सहभागीता तथा साझेदार निकायहरुबाट सहयोग पुग्ने, रोजगार र स्वोरोजगार मुलक, लक्षित समुदाय वढी लाभान्वित हुने, गरिवी न्यूनिकरण गर्दै दिगो विकासका लक्ष्य हालिस गर्न सहयोग पुग्ने योजनालाई प्राथमिकता दिई अगाडी बढाईने छ । साथै आगामी २५ वर्ष भित्रको लक्षय पुरा गर्नेसपना सहितको तयार गरिएको ५ वर्षे आवधिक योजनाको सूचकहरु पुरा गर्न आगामी आर्थिक वर्षलाई आधार वर्षको रुपमा बजेटको विनियोजन सहित आधार शिला तयार गरिनेछ ।

योजना कार्यान्वयनका सम्बन्धमा ः
योजना कार्यान्वयनमा देखिएका समस्याहरुलाई मध्य नजर गर्दै यस वर्ष योजनाको प्राथमिकीकरण गरी प्राविधिकहरुबाट सुरु स्थलगत अध्ययन गरी लागत स्टिमेट तयार, प्राविधिकको रोहवरमा कामको सुरुवात सोही अनुसार मुल्याङ्कन र भुक्तानी गर्ने कार्यलाई व्यवस्थित र कडाईका साथ लागु गरीने छ । प्रत्येक वडाबाट प्राविधिक सेवा प्रदान गर्नुका साथै रु. ५ लाख भन्दा वढीका योजनाहरुमा अग्रीम पेश्की दिने व्यवस्था गर्ने तथा १० लाख भन्दा बढि बजेट भएका योजना वोलपत्र आव्हान विधिबाट गर्ने सहित सम्पूर्ण योजनाका कामलाई व्यवस्थित गर्न आवश्यक कार्यविधी तयार गरी आगामी आर्थिक वर्षबाट लागू गरीने छ ।
अध्यक्षज्यू,
अब यहाँहरु समक्ष आ.व. २०७७÷२०७८ का लागि विषयगत क्षेत्रगत निती तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
बार्षिक निति, कार्यक्रम र बजेट
१.आर्थिक विकास
क) कृषि तथा पशुपालन
ज्ञ. कृषिका विषय विज्ञहरु द्धारा तयार गरीएको कृषि तथा पशुपालन सम्वन्धि गुरु योजना अनुसार भुगोल, वातावरण अध्ययन गरी माटो परिक्षण गराई एक गाँउ एक उत्पादनको अवधारण अनुसारको कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण गरी कृषकहरुलाई व्यवसायीक बनाउन उत्प्रेरीत गरिने छ । आगामी आर्थिक वर्षमा मकवानजपुरगढी १ देखि ४ सम्म कोदो, अदुवा, बेसार, वडा नं. २, ३, ५, ६ र ८ लाई तरकारी, केराको लागि मक्रान्चुली र किविको लागि वुढिचौर लाई पकेट क्षेत्रको रुपमा विकास गरिनुका साथै चालु आर्थिक वर्षमा वडा नं २ र ७ मा संचालित कागती थप पकेट क्षेत्र लाई थप विस्तार गरिनेछ । साथै सम्भावना भएका वडामा ड्रागन फ्रुट र अन्य फलफूलको अध्ययन गरी पकेट क्षेत्र बनाई अगाढि बढिने छ ।
द्द. निर्धारण गरीएको क्षेत्रमा फलफुल खेती फर्मको रुपमा विकास गर्न तथा प्लास्टिक घर र ग्रिनहाउसमा अग्र्यानिक, बेमौसमी तरकारी खेतीगर्न कृषकहरुलाई प्रोत्साहन स्वरुप सहभागीतात्मक अनुदान व्यवस्था गरीनेछ ।
घ. सिंचाई श्रोत कम भएका जग्गामा व्यवसायिक खेतीगर्न ईच्छुक कृषकहरुलाई स्प्रिङ्कल सिंचाई, सौर्य उर्जा सिंचाई, तथा थोपा सिंचाई, मल्चिङ प्रविधीबाट खेतीगर्ने नमुना प्रविधिका लागी अनुदानको व्यवस्था गरिनेछ ।
द्ध. २ वा २ भन्दा वढी दर्ता गरीएका कृषि तथा नमुना पशुपालन फर्म संचालन भएका स्थानहरुमा ग्रामिण कृषि सडक विस्तार तथा स्तरउन्नती गर्न बजेट विनियोजन गरी सहयोग गर्ने निति अवलम्वन गरिनेछ ।
छ. उत्पादनको अवस्था र मागलाई हेरी कृषि उपज खरीद विक्री तथा संकलन केन्द्र निर्माणको लागि समुह, र सहकारी मार्फत संस्थागत रुपमा विकास गर्न सहभागितात्मक अनुदान उपलब्ध गराउने नितिको अवलम्वन गरिनेछ ।
ट. कृषि तथा पशु विकासका र प्राविधिक सहयोगको लागि मौजुदा जनशक्तिलाई थप गरि एक वडा एक १ कृषि र पशु प्राविधिक व्यवस्थापन गरि कार्यान्वयमा ल्याइनेछ ।
ठ. युवाहरुलाई कृषि र पशुपालनमा आकर्षित गराई तत्जन्य आयात प्रतीस्थापनमा सहयोग पु¥याउन “व्यवसायिक पशुपालन, कृषिलाई उद्यम र युवालाई उद्यमी” को रुपमा स्थापित गर्न विषयगत दिवस र कार्यक्रमहरु लक्षित गरी सम्मान र प्रोत्साहनका कार्यक्रम संचालन गरिनेछ ।
ड. कृषि क्षेत्रमा देखिएका समस्याहरुलाई क्रमशः हल गर्दै व्यवस्थापन गरी जाने उद्देश्यले विषयगत कृषक पाठशाला संचालन, कृषक पुस्तकालय व्यवस्थापन गर्दै कृषि र पशुपालन ल्यावको स्थापना गरी सकिएकोेले यसको प्रभावकारी व्यवस्थापन यस वर्षबाट शुरु गरिनेछ ।
ढ. गाँउमा रहेका १८ देखी ४५ वर्ष उमेर समुहका विदेशको मोह त्यागी गाँउमा नै केही गर्न यच्छुक युवाहरुलाई कृषि पशुपालन तथा तत्जन्य लघुउधम व्यवसाय तथा साना उद्योग स्थापनाका लागि व्यवसायिक योजनाको आधारमा व्यक्तिगत तथा संस्थागत अनुदान सहित आवस्यक सहजीकरण गरी सहयोग पुर्याउने निति अवलम्वन गरिनेछ ।
ज्ञण्. कृषि क्षेत्रको उत्पादन लागत कम गर्नु अत्यावस्यक भएकोले गह्रा सुधार गर्ने अभियान सहित कृषकहरुलाई भुगोल विशेष समुहगत तथा संस्थागत रुपमा आधुनिक कृषि सामाग्री र उपकरणहरुमा लागत साझेदारी मोडेलमा अनुदान उपलब्ध गराउने निति अवलम्वन गरिनेछ ।
ज्ञज्ञ. स्थानीय कृषि उत्पादनको मूल्य अभिवृद्धि तथा उत्पादित वस्तुको बजार सम्मको पहँुच विस्तारको लागि सहकारी,समूह तथा निजी क्षेत्र समेतको सहभागीतामा गाउँपालिका,संघीय सरकार तथा प्रदेश सरकार समेतको साझेदारीमा कार्यक्रम संचालनको लागि आगामी आर्थिक वर्षबाट सम्भाव्यता अध्ययन गरि कार्य प्रारम्भ गरिनेछ ।
ज्ञद्द. फलफुल जन्य कृषि उत्पादन वृद्धिको लागि सम्भाव्यताको आधारमा प्रत्येक वडामा पकेट क्षेत्र निर्धारण गरिनेछ । पकेट क्षेत्रको आधारमा प्रत्येक घरले ५ फलफुलको विरुवा लगाउने अभियानलाई आगामी आर्थिक वर्षबाट अनिवार्य लागू गरिनेछ ।
ज्ञघ. सामरी खोला कोरीडोरमा बाटो निर्माण गरी संरक्षित जग्गामा गह्रा सुधार तथा सिंचाईको उपयुक्त व्यवस्थापन गरि वेमौसमी बगरेखेती गर्न प्रोत्साहनको कार्यक्रम आगामी आर्थिक वर्षबाट समूहगत तथा व्यक्तिगत दुवै रुपमा संचालन गरिनेछ ।
ज्ञद्ध. अति विपन्न,दलित र लोपउन्मुख परिवारलाई २ वटा भन्दा वढी गाई वा ५ वटा भन्दा वढी बाख्रापालन कार्यक्रमका लागि ९घर घरमा काम, हात हातमा दाम कार्यक्रम० संचालनको लागि समूह निर्माण गरि तालिम सहित अनुदान उपलब्ध गराउने निति अवलम्वन गरिनेछ ।
ज्ञछ. बाँझो जग्गाको तथ्यांक संकलन गरि स्थान विशेष अनुसार,दलहन,तेलहन,खाद्यन्न बाली , फलफुल खेती, जडीवुटि तथा काष्टजन्य विरुवा लगाउन प्रोत्साहन गरिनेछ । साथै बाँझो जग्गा व्यवस्थापन सम्वन्धि स्वीकृत कार्यविधिलाई यसै बर्षबाट कडाईका साथ लागू गरिनेछ ।
ज्ञट. कृषिको आधुनिकीकरण,व्यवसायीकरण र प्रतिस्पर्धात्मक बनाउन विभिन्न कृषि यन्त्र, उपकरणहरुको प्रयोग र प्रसारमा जोड दिइनेछ ।
ज्ञठ. कृषि बाली तथा पशुपंक्षी बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लगिनेछ । व्यवसायिक कुखुरापालन कृषकहरुलाई अनिवार्य बिमा गर्न उत्प्ररित गर्न आवश्यक सहयोग पु¥याइने छ ।
ज्ञड. कृषि अनुसन्धान र प्रसार सेवालाई सहज रुपमा कृषकहरुको खेतबारीमा पु¥याउन नयाँ जात, नयाँ प्रविधिहरुको परिक्षण प्रदर्शन कार्यक्रम संचालन गरिनुका साथै कृषि मेला प्रदर्शनी, कृषक पाठशाला, कृषक दिवस, बाली उपचार शिविर लगायतका प्रसार प्रचारका कार्यक्रमहरु संचालनमा जोड दिइनेछ ।
ज्ञढ. यस गाउँपालिकालाई कृषि क्षेत्रमा चिनाउनको लागि कृषि संचार कार्यक्रम अन्तरगत रेडियो कृषि कार्यक्रम, डकुमेन्ट्री निर्माण, बुलेटिन प्रकाशन कार्यक्रहरु क्रमशगर्दै लगिनेछ ।
द्दण्. कृषि क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाहरुले कार्यक्रम संचालन गर्दा गाउँपालिकाको पुर्व स्वीकृति लिने व्यवस्थालाई कडाईका साथ लागू गरिनेछ ।
द्दज्ञ. विभिन्न निकायमा दर्ता भई संचालनमा रहेका कृषक समूह, कृषि फर्म, कम्पनीहरुलाई यस गाउँपालिकामा सूचिकृत वा पुनः दर्ता गराउने प्रावधान मिलाइनेछ । साथै नयाँ कृषक समूह कृषि फर्म दर्ता तथा नविकरणक लाई प्रभावकारी बनाइनेछ ।
द्दद्द. दुग्ध तथा मासुजन्य उत्पादन लागत कम गर्न सघाउ पु¥याउने उद्देश्यले स्थानीय कच्चा पदार्थमा आधारीत हुनेगरी संघिय सरकार प्रदेश सरकार, गाउँपालिका र सहकारी संस्थाहरुको साझेदारीमा दाना उद्योग स्थापनाको कार्य प्रारम्भ भएकोले यस कार्यलाई पुर्णता दिई यस वर्ष सञ्चालनमा ल्याउन आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
द्दघ. मकवानपुरगढी ३ को दाना उद्योग क्षेत्रमा हे. साइपट, विभिन्न प्रजातीको घाँसको डेमो, पशूको नमूना स्ट्याचु, तालिम हल सहितको नमुना पशुमैत्री पार्क पर्यटकिय क्षेत्रको रुपमा विकास गरी प्रदेश सरकार समेतको सहयोगमा यस बर्ष कार्य प्रारम्भ गरिनेछ ।
द्दद्ध. उन्नत नश्लको विउ वृद्धिका लागि कृतिम गर्भाधान कार्यक्रम, व्याडको बोका वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी आ.व.मा थप टोल विकास तथा फर्म संस्थाहरुमा विस्तार गरिनेछ ।
द्दछ. कृषि उत्पादन तथा बजारीकरणका लागि कृषि बजार सुचना प्रणाली स्थापना गरी प्रभावकारी कार्यान्वयन गरीने छ ।
द्दट. मकवानपुरगढी गाउँपालिका गाई तथा भैंसिपालन क्षेत्र भएकोले यसलाई गाईपालन पकेट क्षेत्र तथा उन्नत नश्लको श्रोत केन्द्रको रुपमा विकास गर्दै लगिनेछ । यसका लागि प्रदेश सरकारसँग सहकार्य र समन्वय सहित अनुरोध गरिनेछ ।
द्दठ. कृषि क्षेत्रमा भएको रासायनिक मल अभाव, माटोको उर्वराशक्ति बचाईराख्न उत्पादन क्षेत्र क्षमता वृद्धि गर्ने उद्धेश्यले अग्र्यानिक लिक्युड फर्टिलाइजर उद्योग स्थापना गर्न सम्भाव्यता अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।
द्दड. प्रत्येक व्यक्ति एउटा विषयगत कृषि तथा पशूपालन समूहमा अनिवार्य रहनुपर्ने व्यवस्था गरिनेछ ।
द्दढ. पशुपालनमा परजिवी नियन्त्रण तथा ड्रेन्चिङ भ्याक्सीनेसन कार्यक्रमलाई प्रभावकारी वनाई संचालन गरीनेछ ।
घण्. विभिन्न खाले पशु तथा वाली प्रदर्शनी, शिविर, वालि उत्पादन प्रतियोगिता र विषयगत दिवसहरुलाई प्रभावकारी तथा प्रतिस्पर्धात्मक रुपमा मनाउने व्यवस्था गरीनेछ ।
घज्ञ. मकवानपुरगढी गाँउपालिकाका वडा नं ६ बाट चालु आर्थिक वर्षबाट अग्र्यानिक तरकारी उत्पादन गर्ने कार्यक्रम प्रारम्भ भएकाले यसलाई थप प्रभावकारी बनाउदै अन्य वडाहरुमा समेत विस्तार गर्ने निति अवलम्वन गरिनेछ ।
घद्द. वेमौसमी तरकारीखेती मार्फत आय आर्जन गरी सहज जिवन यापन गर्न सहयोग पुर्याउने उद्धेश्यले सदावहार रुपमा हरियो तरकारी उपभोग गरी वहुपक्षिय पोषण कार्यक्रमलाई सहयोग पु¥याउन एक घर एक टनेल कार्यक्रम लागत साझेदारीमा संचालन गरिनेछ । सो कार्यक्रमको सकरात्मक चेतना अभिवृद्धि गर्दै अन्यमा समेत कार्यान्वयन गरिनेछ ।
घघ. दाना उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ (मकै, भटमास, मोलासेस) तथा अन्य उत्पादनको लागि समूह तथा सहकारी मार्फत प्रोत्साहनको कार्यक्रमहरु संचालन गरिनेछ ।
घद्ध. पशुपालन व्यवसायमा सवै घरपरिवारलाई आवद्ध गर्दै दुग्ध उत्पादनलाई कम लागत र वढि उत्पादनमा प्रोत्साहन गरी गरिवी न्यूनिकरणमा सहयोग पु¥याउन कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्षबाट प्रति लि. १ रुपैँया प्रति किसान सहकारी संस्था मार्फत उपलब्ध गराउन आवश्यक बजेट व्यवस्था गरिनेछ ।
घछ. कृषकहरुबाट उत्पादित अनाज (धान, मकै, गँहु, कोदो) सहकारी मार्फत विक्रि गर्ने व्यवस्था गरिने छ । यसरी सहकारी मार्फत खरिद विक्रिका आधारमा सहकारीलाई प्रति के.जि. रु. २ र कृषकलाई प्रति के.जि. रु. २ का दरले अनुदान प्रोत्साहन रकम उपलब्ध गराइने छ ।
घट. उत्पादिन सहकारी फलफूल, पक्षिंजन्य उत्पादनमा उत्पादक र उपभोक्ताबिचको अन्तर मूल्यलाई कम गरी उत्पादलाई प्रोत्सहन गर्न सहकारी मार्फत संकलन तथा बजार व्यवस्थापनका लागि सहयोग तथा थप प्रोत्साहन गरिनेछ ।
घठ. कृषकहरु वाट उत्पादित कृषि विउ विजन संरक्षण गरी, विउमा भएको परनिर्भरतालाई कमगर्न तथा रैथाने विउ विजन संरक्षण गर्ने उदेश्यले राखि प्रदेश सरकार र संघिय सरकार संग समन्वय गरि विउ संरक्षण स्टोर निर्माणको शुरु यसै वर्षवाट गरिनेछ ।
घड. उत्पादित कृषि उपज चिज वस्तुहरु विउ तथा अप सिजनमा विक्री वितरणका लागी स्टोरेज गर्न भोग्नु परेको कठिनाइ र स्टोरोजमा लाग्ने अधिक शुल्कलाई कमी गरी सहयोग पु¥याउन कोल्ड च्याम्बर वा कोल्ड स्टोरको विस्तृत परियोजना परियोजना ९म्।ए।च्।० तयार गरी कार्यान्वयनको तयारी गरिने छ ।
घढ. गाउँपालिकामा हुने खाद्यसंकटलाई लक्षित गरी गाउँमा भएको उत्पादन तथा बाहिरबाट खरिद गरी खाद्यान्न बैंक वा स्टोर व्यवस्थाका लागि अध्ययन गरि थप कार्य अगाडि बढाइनेछ ।
द्धण्. आवश्यक सिजनमा मात्र मलको खोजि गर्दा उत्पन्न समस्यालाई मध्यनजर गरी सहकारी मार्फत मल व्यवस्थापन गर्ने कार्य अगाडि बढाइनेछ ।

सभाका सदस्यज्यूहरु,
ख.सहकारी क्षेत्र ः
ज्ञ. सहकारी क्षेत्र स्थानीय तहमा हस्तान्तरण भई आवश्यक ऐन निर्माण गरी गाँउपालिका स्तरिय सहकारी समन्वय समिति समेत गठन भएकोले आवश्यक रहेको वडाहरुमा विषयगत प्रारम्भिक सहकारीसंस्थाहरुको दर्ता, अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी संचालन गर्न आवश्यक बजेटको विनियोजन गरिनेछ ।
द्द. गाँउमा रहेका विषयगत सहकारीहरुलाई एकिकृत गर्दै सहकारीको संख्या भन्दा गुणस्तरीय सेवा प्रदान गर्न सक्ने सक्षम सहकारी निर्माण गर्ने अभियानलाई प्रभावकारी वनाई अगाडि वढाईनेछ ।
घ. विपन्न, पिछडिएका वर्ग र समुदायलाई सहकारीमा संगठित गर्न सहकारी संस्था गठन नभएका वडाहरुमा नयाँ सहकारी दर्ता गरि उनीहरुलाई उत्पादन र आय आर्जन संग जोड्दै जीवनयापनमा सहजता ल्याईने छ ।
द्ध. सहकारी, सरकारी र निजीक्षेत्र आर्थिक सम्वृद्धिका तिन खम्बा भएकोले स्थानीय आर्थिक विकासका काम, सामाजिक सेवा प्रवाह, सिपमुलक तालिम, चेतनामुलक तथा सुचनामुलक कार्यहरुमा स्थानीय सहकारी संघ संस्था संग साझेदार र समन्वय गरी कार्यक्रम संचालन गरिनेछ ।
छ. सहकारीद्धारा संचालन गरिने सहकारी खेती, उत्पादान विविधीकरणमुखी उद्योग, सहकारी डेरी उद्योग, चिस्याउने केन्द्र, सहकारी उत्पादन वितरण तथा बजारीकरण सेवा, सहकारी व्यवसायको विकाश तथा प्रवद्र्धनमा को लागि लागत साभेदारीमा आधारित अनुदान उपलब्ध गराउने निति अवलम्वन गरिनेछ ।
ट. सहकारीको कारोबार र सहकारी मार्फत संचालित कार्यक्रमहरुलाई व्यवस्थित,पारदर्शि र प्रभावकारी बनाउन सहकारी तथा गरिबी सम्वन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस ) व्यवस्थापन प्रणाली लाईआगामी आर्थिक वर्षबाट अनिवर्या गर्दे सो सम्वन्धि क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ
ठ. उद्देश्य अनुसार प्रभावकारी रुपमा रुपान्तरण भई संचालन हुन नसकेका सहकारीहरु, उद्देश्य र कार्यक्षेत्र एउटै एकै प्रकृतिका सहकारीहरुलाई एकिकरण गर्ने तथा उद्देश्य अनुरुप संचालन नभएका तथा निस्कृय सहकारी संस्थाहरुको खारेजी तथा लिक्वीडेसनलाई आगामी आथिर्क वर्षबाट प्रभावकारी कार्यान्वयन गर्ने निति अवलम्वन गरिनेछ ।
ड. “प्रत्येक घरको सदस्य सहकारीमा, सहकारी हाम्रो जीवनमा” भन्ने अभियानलाई सार्थक बनाउन प्रत्येक घरका सदस्यलाई एउटा विषयगत सहकारीमा आवद्ध गराई सहकारी मार्पmत उत्पादन र आय मुलक अभियानमा सहभागी गराईने छ । सम्पूर्ण घर धुरी सहकारीमा आवद्धता घोषण तयारीका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ ।
ढ. विषयगत सहकारीको गठन हुन नसकेका वडाहरुमा सहकारी संस्थाको गठन वा सहकारी संस्थाको कार्यक्षत्र थप वा विस्तार गरी सहकारी मार्फत आवश्यक कार्यक्रम प्रवाह गरिने छ ।
ज्ञण्. “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने नारालाई सार्थकता दिन गाउँपालिका र सहकारी संघ संस्थाहरुको समन्वय र सहकार्यमा दिगो विकास लक्ष्य प्राप्तिका कार्यक्रमहरुको संचालन तथा सहकारीहरुमा संकलित पुँजीलाई गरिवि निवारण तथा उत्पादन शिलक्षेत्रमा लगानी गर्न आवश्यक निति सहित तर्जुमा गरि प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिनेछ ।
ज्ञज्ञ. विदेश गई फर्केका तथा गाँउमानै केही स्वरोजगार सिर्जना गर्न इच्छुक विपन्न,असाय,दलित,जानजाति समुदायका व्यक्तिहरुलाई सहकारीमा अवद्ध गराई व्यवसाय गर्न सहकारी मार्फत शुन्य व्याजदरमा “घुम्तिकोष परिचालनका कार्यक्रम” संचालन गरिनेछ ।
ज्ञद्द. सहकारीको गुणस्तर मापन प्रावेशन ब्रान्ड प्राप्तिका लागि प्रतिस्पर्धाका लागि सहकारीलाई आवश्यक सहयोग र प्रोत्साहन गरिनेछ ।
ग. उद्योग तथा वाणिज्य
ज्ञ. स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योग स्थापनाको लागि आगामी आर्थिक वर्षबाट सम्भाव्यताको अध्ययन गरी स्थापना, दर्ता, प्रवद्र्धन र विकाशमा जोड दिईने छ ।
द्द. ूविदेश नजाउ, गाउँमै रमाउू भन्ने नारा लाई सार्थकता दिन उद्यमशिलता विकाश, सिप तथा प्रविधी युक्त जनशक्ति निर्माणका लागि ५ वर्ष भित्रमा पच्चिस सय उद्यमी तयार गर्ने गुरु योजना कार्यान्वयन गर्न संघिय तथा प्रदोशिक सरकार, विभिन्न साझेदार निकायहरु, दातृ संघसंस्थाहरु संग सहकार्य र समन्वय गरी कार्य अगाडि वढाईने छ । यसका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
घ. गाँउपालिकामा उद्योगको स्थापना, रोजगारी उपलब्ध गराउन स्वोरोजगारयुक्त वातावरण बनाउन वाह्य लगानीको खोजी गरी लगानी मैत्री वातावरण तयार गरिने छ ।
द्ध. “गाँउको उत्पादन शहरमा, शहरको पुँजी गाँउ गाउँमा” भन्ने नारालाई सार्थक बनाउन साना तथा घरेलु उद्योगहरु गाँउमा संचालन गर्न युवाहरुलाई उत्प्रेरीत गरीनेछ । डेरी उत्पादन, केराको चिप्स, आलु चिप्स, जाम जेली, जुस, पाउरोटी, दलहन, तेलहन, फलफुल तथा खाद्यजन्य उत्पादनलाई बजारीकरण गर्न आवश्यक व्यवस्था गरिनेछ ।
छ. परम्परागत पेसा वा सो संग सम्वन्धित सिपको सम्वद्र्धन विकास गर्दै व्यवसायीक रुपमा संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
ट. गाँउपालिकामा दक्ष जनशक्ति उपलब्ध नभई दैनिक रकम शहर पु¥याउन बाध्य भएका शिपहरु जस्तै हेयर कटिङ्ग (सैलुन), ब्युटि पार्लर, गरगहना लगायत दैनिक आवश्यक पर्ने सेवा तथा चिज वस्तु गाँउमानै तयारी गराउने, अतिरिक्त समयको सदुपयोग र आय आर्जन हुने तालिम उपलब्ध गराईने छ । जसका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
ठ. साझेँदारी सहलगानी गाउँ–गाउँमा उद्योग तथा कलकारखाना खोल्न बाह्य लगानी कर्तालाई आव्हान सहजीकरण गरीने छ । उद्योग स्थापना गर्दा एगदष्अि एचष्खबतभ एबचतलभचकजष्उ बाट संचालन गर्न आवश्यक नितिगत व्यवस्था गरिनेछ ।
ड. सहकारी मोडालिटिबाट गाउँमा उद्योग तथा उद्यम गर्न चाहने हरुलाई आर्थिक, भौतिक तथा अन्य आवश्यक सहयोग सहित प्रोत्साहन गरीने छ ।
सभाका सदस्यज्यूहरु,
घ.पर्यटन
ज्ञ. मकवानपुरगढी गाँउपालिकालाई पर्यटकिय क्षेत्रको महत्वपूर्ण गन्तव्यको रुपमा विकाश गर्न, भएका संरचनाको संरक्षण र विकाश गर्दै मनकामना क्षेत्रबाट हेटौंडा भ्यु प्वाइन्ट, धरमपानी ऐतिहासिक विजयपार्क, ढुङ्गेगढी आनन्द शान्ति पार्क, रानीवास एग्रो टुरिज्म पार्क, ऋृषेश्वर गुफा संरक्षण,ऐतिहासिक मकवानपुरगढी दरबारकोलागि यस अघि तयार भएको विस्तृत परियोजना प्रतिवेदन९म्।ए।च्।०सहित “एकिकृत पर्यटन विकास कार्यक्रम” को गुरुयोजना तयार गरी प्रदेश र केन्द्रिय सरकार, साझेदार सहयोगी दातृ निकाय खोजी गरी थप विकास र संरचना निर्माणको लागि बजेट विनियोजन सहित कार्य प्रारम्भ गरिनेछ ।
द्द. मकवानपुरगढी गाँउपालिकालाई महत्वपूर्ण पर्यटकिय क्षेत्रको रुपमा विकाश गर्ने कार्य संगै वडा नं. १ देखी वडा नं. ८ सम्म अध्ययन गरी होमस्टे, गेष्टहाउस तथा ठुला होटलहरु संचालन गर्न स्थानीय जनता र वाह्य लगानीकर्तालाई यसतर्पm उत्प्रेरीत गरिने छ ।
घ. सामरीपुल देखि डुम्रेकुना, गढी हुँदै मनकामना सम्मको सडकलाई व्यवस्थित गरी हरीत सडकको रुपमा विकाश गर्दै आन्तरिक तथा वाह्य पर्यटनलाई आकर्षण गर्न साईक्लिङ्ग ट्रयाक निर्माणको सुरुवात गरीने छ । यसका लागि सम्वन्धित साझेदार निकायहरुको सहयोग र सहकार्यको लागि खोजी गरिनेछ ।
द्ध. वडा नं. २ देखि वडा नं. ७ सुकौरा महादेवडाँडा हुँदै वुढिचौर सम्म पर्यटक ट्रेकिङ्ग मार्गको रुपमा अगाडि वढाउन आगामी आ.व. बाट सम्भाव्यता अध्ययनको कार्य अगाडि वढाईने छ । पुथ्वी नारायण शाहाले नेपाल एकिकरणको महान अभियानमा उपयोग गरेको पदमार्ग खँुडेधारबाट एैतिहासिक पर्यटकिय मार्गको रुपमा विकास गर्न सुरुवात गरिएकोमा यसलाई विस्तार गर्दै लगिने छ ।
छ. पर्यटन क्षेत्रको गुरु योजना तयार गर्दा यहाँको मौलिक संस्कृति, प्राकृतिक सौन्दर्यता, मौलिकता र ऐतिहासीक पहिचानलाई प्रमुख आधार बनाइने छ, साथै पर्यटकिय क्षेत्रमा आवश्यक निति निर्माण गरी गाउँपालिका, जनता र निजिक्षेत्रको साझेदारीमा लगानी गर्ने कार्यवातावरणको तयार गरिनेछ ।
ट. पर्यटकीय स्थान विशेष संरक्षण तथा सहयोग समिति गठन तथा संस्थागत विकास गरी गाँउपालिका स्तरिय पर्यटन विकास समिति गठन गरि पर्यटन विकासलाई प्रवद्र्धन गरिनेछ ।
ठ. प्याराग्लाइडिङ तथा बन्जीजम्पको सम्भाव्यता अध्यन गरि आगमी आर्थिक वर्षबाट कार्य प्रारम्भ गरिनेछ ।
ड. आन्तरिक तथा वाह्य पर्यटनलाई प्रर्वद्धन गर्न पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसारका लागि रेडियो कार्यक्रम, डकुमेन्ट्री निर्माण तथा होडिङवोर्ड राख्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
ढ. “मकवानपुरगढी गाउँपालिकाको पहिचान, समृद्धिको आधार पर्यटन” भन्ने नारालाई सार्थकता दिन संचालित होटलहरुमा पाहुना सत्कार तथा हस्पिटालिटी सम्वन्धी तालिम कार्यक्रम संचालन गरिनेछ ।
ङ. वित्तीय क्षेत्र ः
ज्ञ. मकवानपुर गढी गाँउपालिकामा “एक स्थानीय तह एक वाणिज्य वित्तिय” निकाय स्थापना गर्ने अभियान अन्तरगत स्थापित ल्।द्य बैंक मार्पmत सवैखाले आर्थिक कारोबार संचालन गरी वित्तिय सम्बन्ध प्रभावकारीरुपमा संचालन गरिनेछ ।
द्द. वित्तिय निकाय मार्पmत यस क्षेत्रका कृषि, पशुपालन, घरेलु उद्योग उत्पादन मुलक उद्योगहरु र अन्य उत्पादकत्व वृद्धि तथा आय आर्जनमुखी क्षेत्रमा सरल र सहज रुपमा लगानी गर्ने वातावरण सृजना गरि वित्तिय क्षेत्रमा सर्वसाधरणको पहुँच वढाइनेछ ।
घ. कारोबारलाई व्यवस्थित र मापनयोग्य बनाउन मकवानपुरगढी गाउँपालिकाको जनसंख्या अनुसार “एक व्यक्ति, एक खाता” संचालनलाई लागू गर्न वित्तिय निकायहरु विच सहकार्य र समन्वय गरिनेछ ।

२.सामाजिक विकास ः
क. शिक्षा
ज्ञ. मकवानपुर गढी गाँउपालिकाको शिक्षा क्षेत्रका समस्याहरुलाई हल गर्दै शिक्षाको गुणस्तर विकास तथा सिकाई उपलब्धिको स्तर उन्नतीका लागि गाउँ शिक्षा ऐन, २०७४ निर्माण भै गाँउ स्तरीय शिक्षा समिति तथा वडा शिक्षा समिति समेत गठन भई सकेकाले शैक्षिक क्षेत्र सुधार तथा नियमनको लागि आवश्यक नियमावली निर्माण गरी कार्यान्वयन गरिनेछ ।
द्द. फिडर विद्यालयबाट विद्यार्थी उत्पादनमा विशेष जोड दिँदै गाँउपालिकामा एउटा स्नात्तकोत्तर स्तरको क्याम्पस उच्च शिक्षालयको स्थापना गर्न सम्भाव्यता अध्ययन गरी कार्य प्रारम्भ गरिने छ ।
घ. “सिप मुलक प्राविधिक शिक्षा आजको हाम्रो आवश्यकता” भन्ने नारालाई सार्थकता बनाउन सबैलाई पायक पर्ने स्थानमा विशेष गरी कृषि भेटनरी वहु प्राविधिक शिक्षा अध्यापन गर्नका लागि चालु आ.व. २०७६÷२०७७ देखी वंशगोपाल मा.वि.मा सुरुवात गरिएकोमा यसलाई गाउँपालिकाको सवै विद्यार्थीले अध्ययन गर्न सक्ने वातावरण तयार गर्न आवसिय अध्ययन केन्द्र वनाउन वातावरण तयार गरिनेछ ।
द्ध. सामुदायिक विद्यालयबाट विद्यार्थी घट्दो क्रमको खोजी गरी सरोकारवाला निकायहरु संगको समन्वय तथा सहकार्यमा समस्या पहिचान गरी विद्यार्थी टिकाउ अभियान संचालन गरिनेछ ।
छ. गुणस्तरीय शिक्षा विकासको सुनीश्चितताका लागि सिकाई उपलब्धिको अभिलेखिकरण, सार्वजनिकिकरण गर्नुका साथै शिक्षकको पेशागत क्षमता विकास, नियमित अनुगमन, निरिक्षण, प्रोत्साहन र नियमन पद्धतीलाई वस्तुष्ठि र सिकाई उपलब्धि संग सम्वन्धित गराई कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन गरिनेछ ।
ट. विद्यालयमा आवश्यक भौतिक पुर्वाधार, खानेपानी, घेराबार, बालमैत्री संरचनाको निर्माण, छात्रा मैत्री संरचना संरचना, शौचालय निर्माण, पुस्तकालय, ई–लाइब्रेरी, सुचना तथा संचार प्रविधि अनिवार्य गर्ने र अन्य अत्यावश्यकीय क्षेत्रमा प्राथमिकताका आधारमा सहयोग पु¥याईने निति अवलम्वन गरिनेछ ।
ठ. मकवानपुरगढी गाँउपालिकामा विद्यालय वाहिर रहेका बालबालिकाहरु नियमित विद्यालय नआउने, ईट्टाभट्टामा अभिभावक संग मजदुरी गर्न समेत जानेको संख्या अधिक भएकोले त्यसलाई न्युनिकरण गर्न अभिभावक स्तर र समुदायस्तरमा चेतना मुलक कार्यक्रम संचालन गर्दै भर्ना अभियानलाई समेत यथार्थ तथा उपलब्धीमुलक बनाउन आवश्यक बजेटको व्यवस्थापन गरिनेछ ।
ड. नेपाल सरकारवाट प्राप्त अनुदान तथा छात्रवृत्ति तथा अन्य कार्यक्रमलाई प्रभावकारी परिचालन गरिनेछ । अति विपन्न, असहाय, दलित, उत्पिडित, जेहेन्दार छात्र–छात्रालाई मा.वि. तह, उच्च मा.वि. र प्राविधिक विषयमा अध्ययन गर्न गाउँपालिकाले छात्रवृत्ति उपलब्ध गराउने निति अवलम्वन गरिनेछ ।
ढ. हाल संचालित मा.वि. विद्यालयहरु मध्ये क्।भ्।भ् र कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेहरु मध्येबाट विद्यालय छनौट गरी गाँउपालिकाको सवै क्षेत्रमा नमुना विद्यालय श्रोतकेन्द्र वनाउन प्याकेजमा कार्यक्रम तयार गरी यस शैक्षिक सत्रबाट कार्य प्रारम्भ गरीनुका साथै कक्षा ८ मा उत्कृष्ट हुने विद्यालयलाई समेत प्रोत्साहन गरीनछ ।
ज्ञण्. आधारभुत, माध्यमिक र उच्च शिक्षाका सुधारका लागि अत्यावश्यक स्थानमा बाल विकास केन्द, आधारभुत विद्यालयको स्तर उन्नती, प्रत्येक वडामा १–१२ कक्षा संचालनका लागि आधार तयार गर्ने निति आगमी आर्थिक वर्षबाट अवलम्वन गरिनेछ ।
ज्ञज्ञ. संचालित आधारभुत तथा माध्यमिक विद्यालयमा जुनियर रेडक्रसको कामलाई थप व्यवस्थित गर्दै प्रत्येक नि.मा.वि. र मा.वि.मा स्काउट ट्रुप तयार गरी बालबालिकालाई सामाजिक काम र शुसासनको अभ्यास गराउन चालु आर्थिक वर्षबाट कार्य प्रारम्भ गरिएकोमा यस लाई थप विस्तार गर्दे प्रभावकारी बनाउन बजेटको विनियोजन गरिनेछ ।
ज्ञद्द. वस्ती स्थानान्तरण, घट्दो जनसंख्याका कारण विद्यालयमा विद्यार्थी संख्या कम भई संचालनमा कठिनाई भएको अवस्थालाई मध्यनजर गर्दै केन्द्रिय सरकारको कार्यविधि अनुसार आवश्यक निती बनाई विद्यालय मर्ज (एकिकरण) तथा डिग्रडिङ गर्ने निती अवलम्वन गरि आगामी आर्थिक वर्षबाट कार्य प्रारम्भ गरिनेछ ।
ज्ञघ. बालबालिकामा आएको पोषणको खस्कदो अवस्थामा सुधार ल्याउन, विद्यार्थी भर्ना दरलाई उच्च बनाउन तथा विद्यालय आउन थप उत्प्रेरीत गर्न गत आर्थिक वर्षबाट संचालित विद्यालय दिवा खाजा कार्यक्रमलाई बढी प्रभावकारी बनाउन माध्यामिक विद्यालयसम्मका विद्यार्थीलाई समेत खाजा खुवाउन थप बजेटको व्यवस्थापन गरिनेछ । साथै उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन नतिजामुखी अनुगमन प्रणाली लागू गरिनेछ ।
ज्ञद्ध. शिक्षा क्षेत्रको कामलाई थप प्रभावकारी कार्यान्वयन गर्न शिक्षा समिति सहित आवश्यक उपसमितिहरुको गठन गरी अनुगमनलाई नियमित र नतिजामा आधारित बनाइनेछ ।
ज्ञछ. शिक्षक विद्यार्थी अनुपातको आधारमा आवश्यक मापदण्ड तयार गरी विद्यालय मर्जर, दरवन्दी मिलान गर्न कार्य सम्वद्ध सवै सरोकारवाला पक्षसंगको समन्वमा सुरुवात गरिनेछ । दरवन्दी मिलान पश्चात अपुग भएका विद्यालयहरुमा मात्र स्थानीय राहत दरवन्दीको व्यवस्थापनको निति अवलम्वन गरिनेछ ।
ज्ञट. मकवानपुरगढी गाउँपालिकामा निर्माणाधिन अस्पताल समेत मध्यनजर गर्दै २ जना छात्र र २ जना छात्रालाई फिजिशियन (जनरल) डा. अध्ययन गर्नका लागि आगामी शैक्षिक शत्रदेखि छात्रवृत्ति उपलब्ध गराइनेछ ।
ज्ञठ. लामो समय विभिन्न प्रकृतिका सेवा मार्फत शैक्षीक सेवामा कार्यरत शिक्षकहरुलाइ सेवा निभृत अगावै सेवा छाड्न चाहेमा सेवाको प्रकृती अनुसार १ देखी ३ लाख सम्म थप प्रोत्साहन रकम उपलव्ध गराउने निति लिइने छ ।
ज्ञड. प्रश्नपत्र तथा गाउँपालिकामा आवश्यक छपाई सहित यस क्ष्ोत्रमा भएको खर्चलाइ न्युनिकरण गर्ने उदेश्य राखि आफ्नो आवश्यकता क्षमताको छपाई उद्योग स्थापनाका लागी सम्भाव्यता अध्यनन गरी कार्य अगाडी वढाइने छ ।
ख. स्वास्थ्य सेवा ः
ज्ञ. स्वास्थ्य सेवालाई विश्वासिलो, भरपर्दो बनाउन र गाँउमा बस्ने जनताले आधारभुत स्वास्थ्य उपचार सेवा सजिलै गाँउवाट नै पाउन सकुन भन्ने ध्येयले हेल्थपोष्ट तथा सामुदायिक स्वास्थ्य इकाईहरुलाई अत्यावश्यक उपकरण थप गर्दै क्रमश सुविधायुक्त बनाउदै लगीनेछ ।
द्द. स्वास्थ्य केन्द्र वा हेल्थपोष्ट नभएका सवै वडामा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन अघिल्लो आ.व.मा शूरु भएको सामुदायिक स्वास्थ्य ईकाई लाई आवश्यकता अनुसार थप जनशक्ति र भौतिक श्रोत साधन युक्त बनाउन श्रोतको खोजी तथा प्रदेश र संघिय सरकार संग अनुरोध गर्दै थप प्रभावकारी बनाइने छ ।
घ. स्वास्थ्य सेवा प्रभावकारी रुपमा गाँउमा नै उपलब्ध गराउने, अति विपन्न वर्गका जनताले सजीलै स्वास्थ्य उपचारमा पहँुच राख्न सकुन भन्ने उद्देश्यले गाँउपालिकाले १५ शैयाको अस्पताल बनाउन संघीय सरकारको विशेष अनुदानमा प्रक्रिया थालनी गरिएकोमा आमामी २ वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
द्ध. शिशु, बाल र मातृ मुत्यु दर घटाउने र महिलाको प्रजनन स्वास्थ्यमा सुधार ल्याउन वर्थिङ सेन्टरमा प्रसुती गराउने व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल सरकारबाट प्राप्त हुने रु. २८,००।– सुत्केरी प्रोत्साहन भत्तामा गाउपालिकाको आन्तरिक आय तर्फ रु १५,००।– थप गरी रु. ४३००।– उपलब्ध गराउने व्यवस्थालाई आगमी आर्थिक वर्षमा रु. ७०० थप गरी रु. ५००० ।– उपलब्ध गराउने व्यवस्था गरीने ।
छ. बालबालिकाहरुलाई खोपको पहुँच अभिवृद्धि गर्दै मकवानपुरगढी गाँउपालिका पूर्ण खोप घोषणा भैसकेकोलेपुर्णखोप घोषणालाई थप प्रभावकारी र निरन्तरता कायम राख्न गाँउघर खोप क्लिनिक कार्यक्रमलाई थप सुदृढकरण, दुर्गम वडाहरुमा खोपकेन्द्र भवन निर्माण , घरदैलो सेवा तथा सचेतनाको कार्यक्रम संचालन गरिनेछ ।
ट. सुर्तिजन्य पदार्थ तथा मदिराको उत्पादन र बिक्री वितरणमा नियमन गरिने छ । अस्वस्थयकर खाने कुराकोको उत्पादन बिक्री वितरणलाई निरुत्साहित गर्न आवश्यक सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ । सार्वजनिक स्थलमा सुर्तिजन्य तथा मदिराजन्य पदार्थको विक्रीवितरणलाई रोक लगाउन आवश्यक पहल गरिनेछ ।
ठ. स्वास्थ्य क्षेत्रमा विनियोजित शसर्त कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने वातावरण मिलाइनेछ
ड. स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ । प्रत्येक नागरिकले अनिवार्य स्वास्थ्य विमा गर्नु पर्ने निति अवलम्वन गरिनेछ । बेसहारा र टुहुरा आमा बाबु तथा अतिविपन्न बालबालिकाको स्वास्थ्य बिमा गर्न सहयोग पु¥याइने छ ।
ढ. परिवार नियोजन कार्यक्रमलाई प्रवद्धन तथा महिला स्वस्थ्यलाई मध्यनजर गर्दै आदर्श परिवारको आवधारणा अनुसार परिवार नियोजनका लागि प्रोत्साहन गर्न पुरुष वन्ध्याकरण प्रोत्साहन कार्यक्रमसंचालन गरि गाउँपालिकाको तर्फबाट प्रति व्यक्तिरु.१५००।– प्रोत्साहन उपलब्ध गराइने व्यवस्थालाई आगमी आ.व.मा समेत निरन्तरता दिइनेछ ।
ज्ञण्. नेपालको मौलिक ,परम्परागत र बैकल्पिक चिकित्सा पदद्तीको रुपमा रहेको प्राकृतिक चिकित्सा, होमोयोप्याथी समेतलाई प्रबर्धन गर्ने निति अवलम्वन गरिनेछ ।
ज्ञज्ञ. शरीरलाई हानी पुरयाउने प्रशोधित तथा तयारी खानेकुराहरु जंक फूड मदिरा र पेय पदार्थ लगायत सबै प्रकारका त्यस्ता खानालाई निरुत्साहित गर्दै किराना पसल, होटेल र रेस्टुरेन्टबाट बिक्रि बितरण गरिने खानेकुराहरुको गुणस्तर अनुगमन गर्ने स्थानीय स्तरमा सम्भव भएमा आबश्यक कानुन, कार्यबिधि र जनसक्ति समेत ब्यबस्था गरिनेछ ।
ज्ञद्द. कृषि तथा मासुजन्य उत्पादनमा प्रयोग हुने सबैप्रकारका मानब स्वास्थ्यलाई प्रतिकुल प्रभाब पर्ने खाले रासायनिक असरलाई हटाउन समबन्धित सरोकारवालाहरुसंग सहकार्य गरिनेछ ।
ज्ञघ. संघीय र प्रादेशिक कानुनसंग नबाझिएसम्मका हकमा खाध्य प्रदार्थमा हुने मिसावट र बिक्रि कार्यलाई कानुनको दायरमा ल्याई दण्डित गरिनेछ ।
ज्ञद्ध. यस गाउँ पालिकाका सबै स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य सेवाप्रणालीको माध्यमबाट सेवा प्रदान गर्ने बाताबरण मिलाईनेछ ।
ज्ञछ. गुणस्तरका लागि तोकिएका मापदण्ड सबै पुरा गरेका निजिर सहकारी द्वारा संचालन हुने सबै प्रकारका अस्पताल, प्रयोगशाला, निदान केन्द, औषधि पसल, पोलीक्लिनिक जस्ता स्वास्थ्य संस्थाहरुलाई मात्र संचालन अनुमति प्रदान गरिनेछ।
ज्ञट. औषधि बाट हुने उपचार एकमात्र हो भन्ने आमसर्बसाधारणको धारणामा न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु संचालन गरिनेछ ।
ज्ञठ. केद्रिन्य सरकारको रुपमा रहेको नेपाल सरकारको तर्फबाट जारी अत्याबश्यकीय औषधिको सुचिमा नपरेका केहि औषधि थप गरि वितरणको व्यवस्था मिलाइनेछ ।
ज्ञड. नेपाल टेलिकम वा अन्य दुरसंचार सेवाप्रदायक कम्पनिसंगको सहकार्यमा स्वास्थ्य सम्बन्धि छोटा संदेश पठाउने व्यवस्था मिलाईनेछ ।
ज्ञढ. किशोरीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यौवन अवस्थामा हुने स्वास्थ्य तथा सरसफाई व्यवस्थापनको लागि स्थानीय स्तरमा पुनः प्रयोग योग्य सेनेटरी प्याड उत्पादनको कार्य चालु आर्थिक वर्ष बाट सुरु भएकोले त्यसको सचेतना अभियान सहित विद्यालयहरुमा वितरण गर्ने कार्यलाई प्रभावकारी व्यवस्थापन गरिनेछ ।
ग. खानेपानी तथा सरसफाई ः
ज्ञ. स्वच्छ खानेपानी तथा सरसफाई सेवा व्यवस्थापनका लागि मकवानपुरगढी खानेपानी व्यवस्थापन बोर्ड गठन गरी संस्थागत संरचना तयार गरी क्षमता विस्तार गरिने छ । विद्यमान रहेका सबै खानेपानी उपभोक्ता समितिलाई यस बोर्ड अन्तर्गत राखी खानेपानी व्यवस्थापन कोषको निर्माण गरिने छ ।
द्द. खानेपानीको क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गरी अल्पकालिन र दीर्घकालिन दुईचरणका खानेपानीका आयोजना संचालन गरीने छ । आगामी आर्थिक वर्षमा खानेपानी व्यवस्थापनमा महत्वपूर्ण योजना संचालनको सुरुवात गरिने छ ।
घ. स्थानीय खानेपानीका मुहानहरुको मर्मत तथा नयाँ आयोजनाको संचालन गरी स्वच्छ खानेपानीको व्यवस्था गर्दैआधारभुत खानेपानीको उपलब्धतालाई सुनिश्चित गरिनेछ ।
द्ध. दीर्घकालिन रुपमा खानेपानी समस्या हल गर्न सम्भाव्यता अध्यन गरी आवश्यक वृहत योजना छनौट र त्यसको डि.पि.आर. तयार गर्ने कार्य सुरुवात गरीएको छ । चालु आ.व.बाट सम्वन्धित निकायहरु संगको समन्वय र सहकार्यमा वडा न. १, २, ३, ४ र ६ मा ठूला खानेपानीका आयोजनाहरुको कार्य प्रारम्भ गरिएकोले ति आयोजनाहरु आगामी आ.व. भित्र सम्पन्न हुने गरि बजेटको विनियोजन र थप श्रोतको खोजी गरिनेछ ।
छ. सन् २०२२ सम्म यस मकवानपुरगढी गाउँपालिकालाई सफा र स्वच्छ उन्मुख गाउँपालिका घोषणको लागि चालु आर्थिक वर्षबाट नै कार्य प्रारम्भ गरिनेछ ।
ट. अति विपन्न परिवार, एकल महिला तथा पुरुष, अपाङ्गता भएका परिवारलाई पक्कि शौचालय निर्माणमा सहयोग पु¥याउने निति अवलम्वन गरिनेछ । एक घर एक पक्कि शौचालयको अवधारणालाई कडाईका साथ लागु गरिने छ । गाँउपालिकाले तोकेको समय भित्र पक्कि शौचालय निर्माण नगरेमा गाँउपालिकाबाट प्रदान गरीने सेवाबाट वञ्चित गरिने नितिअवलम्वन गरिनेछ ।
ठ. खानेपानी सरसफाई तथा स्वच्छता सम्वन्धि रणनितिक योजना चालु आर्थिक वर्ष भित्र निर्माण गरि आगामी आर्थिक वर्षबाट योजना अनुरुपका खानेपानी तथा सरसफाईका क्रियाकलापका लागि प्रयाप्त बजेटको विनियोजन गरिनेछ ।

घ.संस्कृति प्रवद्र्धन
ज्ञ. विभिन्न जातीको भाषा, संस्कृति, कलाको संरक्षण र विकाशमा जोड दिईने छ ।
द्द. पुरातात्विक, धार्मिक महत्वका सम्पदाको खोज, संरक्षण र सम्वद्र्धन गरिने छ ।
घ. हाम्रा धर्म सम्प्रदाय विशेष गुम्बा, मन्दिर, चर्च र पाटी पौवा विभिन्न संरचना निर्माण तथा संरक्षण र सम्वद्र्धनमा सहयोग पु¥याईने छ ।
द्ध. परम्परागत कला र संस्कृती संरक्षणको लागि एकिकृत संग्रहालय स्थापनाको सुरुवात गरीने छ ।
ङ) खेलकुद विकास ः
ज्ञ. गाँउपालिका स्तरीय खेलकुद विकासका कार्यक्रम आयोजना गर्न तथा खेलक्षेत्रको विकासका लागि पायक पर्ने स्थानको छनोट गरी आधारभूत मापदण्ड सहितको गाउँपालिका स्तरिय खेल मैदान निर्माण गरिनेछ ।
द्द. प्रत्येक वडामा एक÷एक ओटा वडास्तरका खेलकुद मैदानको निर्माणको सुरुवात गत आ.व.बाटसुरुवात गरिएकोले मापदण्ड अनुसारको निर्माण गर्न सकिने अवस्था हेरी थप रकम विनियोजन गरिने छ ।
घ. गाँउपालिका स्तरीय खेलकुद विकास समिति गठन तथा आवश्यक नीती तयार गरी खेलकुद विकासको कार्यक्रम संचालन गरिनेछ ।
द्ध. समिति मार्पmत संचालन हुने खेलकुदको कार्यक्रम संचालन गर्न खेलकुद क्यालेन्डर निर्माण गरि सोही अनुसार खेलकुदको कार्यक्रमहरु संचालन गरिनेछ ।
छ. खेलमा उत्कृष्ट हुने सम्भावना बोकेका खेलाडीहरुलाई स्तर विकासका लागि आवश्यक सहयोग पु¥याईने निति अवलम्वन गरिनेछ ।
ट. खेलकुद तथा अतिरिक्त क्रियाकलाप संचालनको लागि छुट्टै उपमा संग सम्वन्धन गरि कोष सहितको आवश्क अभियान संचालन गरिनेछ ।
ठ. विषयगत खेलको गाउँपालिका स्तरीय रनिङ्ग सिल प्रतियोगिता आयोजना व्यवस्थित रुपमा संचालन गराइनेछ ।
च) लैङ्गिक समानता तथा सामाजिक समावेसीकरण ः
ज्ञ. “आजको युवा नेतृत्व, सम्वृद्ध गाँउपालिका निर्माणको उत्तरदायित्व” भन्ने नाराका साथ मकवानपुरगढी गाँउपालिका स्तरीय युवा परिषद गठन गरी निती निर्माण सहित युवा लक्षित कार्यक्रमहरु संचालन गरिने छ ।
द्द. युवा विदेशी कामदार मात्र होईनन, स्वदेशी उद्यमी पनि हुन् भन्ने सन्देशका लागि व्यवसायिक कृषि, पशुपालन, पर्यटन प्रवद्र्धन र विकास, आप्mनै भुगोलका कच्चा पदार्थमा आधारित उद्योग तथा घरेलु उद्योगका सम्भावना र स्थापना,स्वोरोजगार सृजना गर्ने खालका कार्यक्रमहरु संचालन गरिनेछ ।
घ. युवाहरुलाई उद्यमशिलताका विषयमा आवश्यक वित्तिय लगानी उपलब्ध गराउन सहकारीहरु तथा अन्य वित्तिय निकाय संग समन्वय गरिनेछ ।
द्ध. विकृति, विसंगती तथा सामाजिक अपराधबाट युवाहरुलाई मुक्त राख्न तत् सम्वन्धि जिम्मेवार निकाय तथा सामाजिक संघ संस्थाहरु संग सहकार्य र समन्वय गरीकार्य गरीनेछ ।
छ. महिलाहरुलाई व्यवसायिकता तर्पm उन्मुख गराई आत्मनिर्भर बनाउन उत्पादनमुखी, सिपमुलक तालिम, समूह र संस्थागत रुपमा उपलब्ध गराईनेछ ।
ट. हिंसा पिडित, असहाय एकल महिला, जोखिममा परेका, बेसहारा एवं अपाङ्गता भएका महिलाहरुको अधिकार प्राप्ति, पुर्नस्थापनाका लागी पहल गरिने छ । यसका लागि “असहाय संग गाँउपालिका अध्यक्ष”कार्यक्रम लाई यस वर्ष निरन्तरता दिई थप प्रभावकारी बनाइनेछ ।
ठ. महिलाहरुलाई नेतृत्व विकाश, लैङ्गिक समानतामा आधारित योजना तर्जुमा, बजेट विनियोजन, कार्यान्वयन र अनुगमनको कार्यमा महत्वपूर्ण भूमिका सहित सहभागिता गराईने छ ।
ड. दलित, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, लोप उन्मुख तथा सिमान्तकृत र विपन्न लगायताको अधिकारको सुनिश्चिता हुनेगरी निति,कानून र योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
ढ. लैगिक हिंसा भेदभाव र वयस्कका लागि निराधात्मक न्यायमा पहुँच र नियन्त्रण सुनिश्चिता गरीनेछ ।
ज्ञण्. समाजमा विद्यमान महिला हिंसा, बाल हिंसा, सामाजिक अपराधहरुको मूख्य कारक घरेलु मदीरा, उत्पादन र गलत उपयोग रहेकोले यसको नियमन र नियन्त्रणलाई प्रभावकारी बनाई लगिने छ ।
ज्ञज्ञ. बाल अधिकारका सबै पक्षहरुको सम्मान गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा सामाजिक संरक्षणको सुनिश्चिता गरिनेछ ।
ज्ञद्द. स्थानीय स्तरमा आपतकालिन बाल उद्धार कोष संचालन तथा आपत विपतमा व्यवारिसे अवस्थामा फेलापरेका बालबालिकालाई संरक्षण गर्नको लागि आपतकालिन पुनःस्थापना गर्न कोष स्थापना गरिनेछ
ज्ञघ. हिंसा पिडित महिलाहरुका लागि पुनस्थापनाका लागि सेफ हाउस संचालनको लागि अवाश्यक बजेटको व्यवस्थापन सहित सम्वन्धित सरोकारवाला निकायहरु संग सहकार्य र समन्वय गरिनेछ ।
ज्ञद्ध. द्धन्द्ध प्रभावित बालबालिकाको लागि विषेश कार्यक्रमहरु संचालन गरिनेछ ।
ज्ञछ. बालविवहाविरुद्धका सचेतनामूलका कार्यक्रम संचालन तथा २०७८ साल मंसिर भित्र मकवानपुरगढी गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न आवश्यक सूचकहरु तयार गरीप्रदेश सरकार संगको साझेदारीमा कार्य अगाडी वढाइनेछ ।
ज्ञट. बाल श्रमिक ,बाल हिंसाको न्युनिकरण तथा बालबालिकाको अधिकारहरुलाई सुनिश्चित गर्न नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।
ज्ञठ. बाल विवाह, बालबालिकाको वेचविखन तथा ओसार–पसार नियन्त्रणका लागि सम्वन्धित निकाय संग समन्वय गरी यसका लागि परिमाण निस्कने गरी आवश्यक युनिट तयारी सहित कार्य अगाडि बढाइनेछ ।
ज्ञड. सार्वजनिक निर्माण, पर्यटकिय क्षेत्रको विकाश तथा खेलकुदका संरचना निर्माण गर्दा बालमैत्री संरचना निर्माण गर्नु पर्ने नितिलाई अनिवार्य लागू गरिनेछ ।
ज्ञढ. २०७८ साल मंसिरभित्र यस गाउँपालिका लाई बालमैत्री गाउँपालिका घोषणा गर्न यसै आर्थिक वर्षबाट कार्य प्ररम्भ गरिनेछ ।
द्दण्. गाँउमा संचालित बाल विकाश केन्द्र आवश्यकता अनुसार मर्मत तथा निर्माणमा सहयोग पु¥याईने छ ।
द्दज्ञ. गाँउपालिकामा अपाङ्गता गाँउ समन्वय समिति तथा उनीहरु सम्वद्ध सहकारी संस्था मार्पmत उनीहरुको संस्थागत विकाश, अधिकार सुनिश्चित गर्न, चेनतामुलक र सिपमुलक तालिम तथा कार्यक्रमहरु संचालन गरिने छ ।
द्दद्द. गाँउपालिकामा रहेका कुष्ट अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरु सम्वद्ध सहकारी, संघ–संस्था मार्पmत प्रोत्साहन हुने, आत्मबल वढाउने र आयआर्जन मुखी कार्यका लागि दक्षता, माग र आवश्यकताको आधारमा सहयोग पुर्याइनेछ ।
द्दघ. शारिरिक अपाङ्गता भएका विद्यार्थीहरुलाई माध्यमिक तथा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति तथा सहयोग उपलब्ध गराईनेछ ।
द्दद्ध. कुष्ट, अपाङ्ग तथा अपाङ्गता भएको व्यक्तिले सम्मानजनक रुपमा बस्न, आप्mना गतिविधिहरु गर्न आयआर्जन मुलक काम गर्ने वातावरण तयार गरिने छ ।
द्दछ. दलित, उत्पिडित समुदायको अधिकारर आर्थिक उपार्जनका लागि सचेतना मुलक कार्यक्रम, उत्पादन मुलक तथा आयमुलक कार्यक्रममा संस्थागत तथा परियोजनाको आधारमा व्यक्तिगत रुपमा समेत सहयोग तथा अनुदान उपलब्ध गराउने नितिको अवलम्वन गरिनेछ ।
द्दट. दलित तथा उत्पिडित जेहेन्दार विद्यार्थी उच्च शिक्षा र प्राविधिक शिक्षालयमा अध्ययन गर्न छात्रवृत्ति सहित विशेष सहयोग प्रदान गरिनेछ ।
द्दठ. आदिवासी तथा जनजातीहरुको विशिष्ट पहिचान दिने कला, संस्कृति, वस्तु र सेवालाई संरक्षण र सम्वद्र्धन गर्न उपयुक्त स्थानमा जातिय संग्राहलयको स्थापना र संरक्षणमा जोड दिईने छ ।
द्दड. आदिवासी जनजातिहरुको शिक्षा, रोजगारी तथा आयआर्जनमा पहुँच अभिवृद्धिका लागि लक्षित गरी आवश्यक कार्यक्रम संचालन गरिने छ ।
३.पूर्वाधार क्षेत्र
क. स्थानीय सडक, पुल तथा झोलुङगेपुल
ज्ञ. गाँउपालिका क्षेत्रभित्र नामाकरण भई संचालित मुख्य तथा सहायक बाटोहरुको यकिन तथा मापदण्ड सहितको गुरु योजना तयार गरी अगाडि वढाईएको छ । प्रत्येक बस्ती सडक सन्जालसँग जोड्दै वाह«ै महिना संचालन हुने आधार तयार गरीदैलगिनेछ ।
द्द. वडा स्तरमा विभिन्न नामाकरण गरी निर्माण भईरहेका वा अब निर्माण गर्नुपर्ने सडकहरुको एकिन गरी मुख्य सडकसंग सबै सहायक सडकहरुलाई जोडी क्रमशः यसै वर्ष देखि स्तरोन्नती गर्दै लगीनेछ ।
घ. सडक निर्माणमा स्थानीय जनताको स्वामित्व र अपनत्व विकास गर्दै सडकस्तर उन्नतीलाई गति दिने उद्देश्यले लागत सहभागीताका आधारमा ७०–३० को अवधारणा बाट सडकको स्थाईत्व गरिने कार्यक्रमलाई यस बर्षपनि थप निरन्तरता दिईने छ । यस कार्यक्रमलाई जनताको माग, आवश्यकता र सहभागीतालाई सुनिश्चित गरि कार्यान्वयन गरिनेछ । खानेपानी तथा सिंचाई योजनामा समेत लागत सहभागीता कार्यक्रम लागू गरिनेछ ।
द्ध. हाल मकवानपुरगढी गाँउपालिका वडा नं. ३ र ५ सामरी खोलामा पुल निर्माण कार्य भैरहेको छ । यस क्षेत्रको भुगोलको आवश्यकतालाई मध्यनजर गर्दा वडा नं. २ लामीडाँडा र वडा नं. ६ डुम्रेकुनाको सामरी खोलामा पक्कि पुल निर्माण गर्न अत्यावश्यक देखिएकोले यस वर्ष संघीय सरकारबाट कार्यान्वयन शुरु गरिउएको छ । साथै देवी डाँडा बाग्दलीमा स्टील ट्रस्ट पुल सिमल्टार कुसुमटार फलामे पुल शुरुवातको क्रममा छ र सुकौरा र भालुखोला पुलको डि.पि.आर. तयार गरि कार्य अगाडी वढाइनेछ ।
छ. निर्माण भईरहेका साना तथा ठुला सडकहरु पुलमा जोडने गरी सामरी कोरीडोर सडक निर्माण गर्ने अवाधारणा लाई अगाडी वढाइनेछ ।
ट. गाँउपालिकाका वडा स्तरबाट माग भई आएका स्थानहरुमा सम्भाव्यता अध्ययन गरी सम्वन्धित निकायहरु संग समन्वय गरी झोलुङ्गे पुल निर्माण गर्ने कार्य यसै वर्षबाट सुरुवात गरिने छ । कालिवन, वाइवाडाँडा, इचुङ ओखरडाँडा सुरुवात गरि सकिएको छ ।
ठ. मकवानपुरगढी गाँउपालिकाबाट अन्य स्थानीय तह, भिमफेदी, बकैया र हेटौंडा उपमहानगरपालिका जोड्ने तथा दुर्त मार्ग र मुख्य राजमर्गमा जोड्ने सडकलाई लिङ्क रोडको रुपमा विकास गर्न साझेदारी सडक निर्माणको मोडेलमा कार्य गर्ने निति अवलम्वन गरिनेछ ।
ख.सिंचाई ः
ज्ञ. गाँउपालिका अन्तरगत विभिन्न वडाहरुमा माग भई आएका सिंचाई योजनाहरु क्रमसः संचालन गर्दै लगिनेछ ।
द्द. योजना छनौट गर्दा अधुरा तथा क्रमागत योजना, कम लागतमा वढी घर परिवार लाभान्वित हुने, ठुलो क्षेत्रको जमिनमा सिंचित हुने तथा बाँझो जमिन सिंचित हुने सिंचाई योजनालाई प्राथमिकता दिइनेछ ।
घ. सिंचाई आयोजना, कुलो वा नहर, पाईप लाईन, डिप बोरीङ तथा प्लास्टिक पोखरी तथा थापो सिंचाईका आयोजनाहरु संचालनका लागि प्रथमिकता दिइनेछ ।
द्ध. साना तथा थोपा सिंचाईका योजनाहरुख समुह तथा संस्थागत माध्यमबाट संचालन गर्ने नितिको अवलम्वन गरिनेछ ।
छ. सिँचाई आयोजनामा लागत सहभागीता (७०–३०) को निति आवलम्वन गरि कार्यान्वयनमा लगिनेछ ।
ग.भवन निर्माण तथा बस्ती विकाश
ज्ञ. गाँउपालिकाले दिगो विकाशका पुर्वाधारहरु तयार गर्ने क्रममा गाउँ यातायात गूरुयोजना निर्माण कार्य भैरहेकोले सोही अनुसार सडकको मापदण्ड निर्धारण गरी भवन निर्माण आचार संहिता समेत तयार गरी आगामी आर्थिक वर्षवाट नक्शा पास व्यवस्था अनिवार्य लागु गरिने छ ।
द्द. गाँउपालिकाको स्वीकृति लिएर मात्र जग्गा प्लटिङ्ग र वस्ति विकाश कार्यक्रम संचालन गर्र्ने निती लिईने छ ।
घ. गाउँपालिकाले उपयुक्त क्षेत्रको छनौट गरि वस्तिविकास कार्यलाई उच्च प्राथमिकता दिई क्षेत्र आगामी आर्थिक वर्षबाट नै सम्भाव्यता अध्ययन गरि क्षेत्र छनौटको कार्य प्रारम्भ गरिनेछ ।
द्ध. गाउँबाट वढ्दो बसाई सराई को कारण जनसंख्याको घट्दोक्रम तथा बाँझो जग्गाका कारण कृषि उत्पादन तथा आय आर्जनमा देखिएको समस्यालाई न्युनिकरण गर्न अन्य स्थानीय तहबाट यस गाउँपालिकामा पुर्णरुपमा बसाई सरी आउने परिवारलाई प्रति परिवार उद्यम विकास को लागि पचास हजार अनुदान उपलब्ध गराउने नितिको आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ ।
छ. चालु आर्थिक वर्षबाट शुरु गरिएको खरको छानो मुक्त गाउँपालिका बनाउने अभियान आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ ।
घ.विद्युतिकरण एवं वैकल्पिक उर्जा ः
ज्ञ. विद्युतनपुगेका वडा वा टोल बस्तीमा विद्युत पु¥याउन सम्वन्धित निकायहरु संगको सहकार्यमा लागत साझेदारीमा विद्युत विस्तारका आयोजनाहरु संचालन गरिनेछ ।
द्द. विद्युत विस्तार भएका तर भोल्टेज सुधार तथा लाइन स्तरीकरण गर्न अत्यावश्यक ठाँउको एकिन गरी सिमेन्टको पोल तथा ट्युवलर पोल परिवर्तन गर्न सम्वन्धित निकाय संग समन्वय गरी कार्य अगाडि वढाईने छ ।
घ. आवश्यकता, उपयोगिता र दिगोपनालाई अध्ययन गरी सम्वन्धित निकाय र संघ संस्था संग समन्वय गरी बिजुली विस्तार नभएका ठाँउहरुमा वैकल्पिक उर्जा वा पेल्ट्रीक सेट, सौर्य उर्जा जस्ता कार्यक्रमहरुलाई अगाढि वढाईने छ ।
द्ध. भौगोलिक विकटतालाई हेरी मकवानपुरगढी गाँउपालिकामा प्mयुज सेवा युनिट सहित थप कर्मचारी व्यवस्था गर्न विद्युत प्राधिकरण संग समन्वय गरी कार्य अगाडी वढाईने छ । अन्य निकायहरुबाट जनशक्ति उपलब्ध हुन नसक्ने अवस्थामा थप जनशक्तिको व्यवस्थापन गाउँपालिकाबाटै व्यवस्थापन गरि विद्युत सेवालाई प्रभावकारी बनाइनेछ ।
ङ.सूचना तथा संचार ः
ज्ञ. गाँउपालिकामा आधुनिक प्रविधियुक्त अनलाईन सूचना डेक्स निर्माण गरी सुचना प्रवाह गरिनेछ ।
द्द. गाउँपालिकाको सबै क्षेत्रमा नेपाल टेलिकमको सहजै प्राप्त गर्न सकिने प्रविधि विस्तार गर्ने व्यवस्था मिलाइनेछ । गाउँपालिका क्षेत्रबाट टेलिकमको लाइनमार्फत सेवा प्रवाह गर्न सम्बन्धित निकायसँग समन्वय गरि कार्य अगाडि बढाइने छ ।
घ. स्थानिय स्तरमा जनतालाई विभिन्न सुचनाको प्राप्ति र प्रदान गर्ने मनोरञ्जन संगै उपयोगी ज्ञान प्रदान गर्ने, सिपको प्रवाह, स्थानिय उत्पादन र व्यवसायलाई समेत सहयोग पु¥याउन मकवानपुरगढी एफ.एम रडियो संचालनको लागि अनुमति प्रदान गरिएको छ । उक्त सञ्चार सूचना प्रचार प्रसारका लागि मकवानपुरगढी तथा अन्य एफ.एम वा अन्य संचार माध्याम मार्फत कार्यक्रम अगाडी बढाइनेछ ।
द्ध. गाँउपालिका तथा वडा तहबाट सम्पादन हुने सार्वजनिक सेवा प्रवाह को सेवालाई नागरिक वडापत्र मार्पmत सूचित गरिने छ ।
छ. गाँउपालिका तथा वडा मातहतको निकायहरुमा भएका निर्णय तथा कामहरुको पारदर्शिताको लागि गाउँपालिकोको वेवसाइटमा सूचनाको पहुँच विस्तार गरिनेछ ।
ट. गाँउपालिका भित्र भएका सवै क्षेत्रका गतिविधीहरु भुगोलबाट नै रिपोर्टीङ र प्रचार प्रसार गरी थप प्रभावकारी र उपलब्धीमुलक बनाउन संचार क्षेत्रमा कार्यरत संस्थाहरु, रेडियो, त्।ख्तथा स्थानीय पत्रकारहरु संग समन्वय गरी कार्यक्रम संचालन गरिने छ ।
ठ. मकवानपुरगढी गाउँपालिकाका वडाहरुमा इन्टरनेट सेवाको विस्तार गरि सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने वडाबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाइनेछ ।
ड. राजस्व संकलन तथा प्रतिवेदनलाई थप प्रभावकारी बनाउन राजस्व सुधार योजनाको तयार गरि राजस्व संकलनलाई सप्mटवयरको माध्यमबाट प्रविधि मैत्री बनाइनेछ ।
ढ. वडा कार्यालयमा सेवाग्राहीको पहुँच विस्तार गर्न सूचना प्रविधि मैत्रीबनाइनेछ ।
ज्ञण्. आगामी आर्थिक वर्षबाट केही स्वास्थ्य संस्था र विद्यालयहरुमा डिजिटल हाजिरीको व्यवस्थापन गरिनेछ । साथै स्वास्थ्य सेवाको प्रावह तथा विद्यालको पठन पाठनलाई गाउँपालिकाको केन्द्रबाटनै अनुगमन गर्न सक्ने प्रविधिको विकासमा मा आवश्यक बजेटको व्यवस्थापन गरिनेछ ।
सभाका सदस्यज्यूहरु,
४.वातावरण तथा विपत् व्यवस्थापन
क) वन तथा वातावरण
ज्ञ. मकवानपुर जिल्ला दार प्रजातीका ठेकी भाँडा पाईने क्षेत्रको पहिचान भएको जिल्ला हो । यो ईतिहास बन्दै गएको छ । यसलाई बचाई राख्न र उपलब्धि लिन निश्चित क्षेत्र दार बगैंचाको रुपमा विकाश गर्ने र तत्जन्य सामाग्री उत्पादन गर्ने घरेलु उद्योग स्थापना गर्न सम्वन्धित संघ संस्था, वन समिति संग समन्वय गरी कार्य गरीने छ । यस वर्ष एक लघु उद्योग स्थापना गर्न अनुदान व्यवस्था गरिने छ ।
द्द. वातावरण मैत्री स्थानीय शासनका प्रारुप सुचकहरु सम्वन्धित निकायहरु, सामुदायिक वनहरुसँग सहकार्य गरेर कार्यान्वयन गर्दै गाँउलाई हरीत वातावरण गाँउ बनाउन पहल गरिने छ ।
घ. सामुदायिक वनको भूमिकालाई प्रभावकारी बनाउँदै, कबुलियत वन, निजी वनको दर्ता र कार्यान्वयनलाई प्रभावकारी बनाईने छ ।
द्ध. वनजन्य उत्पादन, जडिबटी संरक्षण, संकलन र विविधिकरणका लागि सहकारी र समूह मार्फत प्रोत्साहनका कार्यक्रम अगाडी बढाइने छ ।
छ. बस्ति विकास हुँदै गरेका क्षेत्र तथा पर्यटकिय क्षेत्रमा जम्मा हुने फोहमैला व्यवस्थापन गर्न सम्बन्धित टोल विकास समिति तथा पर्यटकिय व्यवस्थापन समिति मार्फत कार्यत्र अगाडि बढाइने छ ।
ट. माथिल्लो जलाधार क्षेत्र, तल्लो तटिय क्षेत्रमा भूसंरक्षण तथा आय आर्जनका लागि निगालो, अम्रिसो र बाँस जस्ता प्रजातिका विरुवा खेती तथा विस्तार गर्न उत्प्रेरीत गरिने छ ।
ठ. जलाधार क्षेत्र तथा खानी उत्खनन क्षेत्रमा सम्वन्धित निकाय संग समन्वय गरेर चेकड्याम निर्माण गरिने छ ।
ड. बाढी, पहिरो जन्य विपदबाट बच्न र बचाउन त्यस क्षेत्रमा कार्य गर्ने, सम्वन्धित निकाय र सामाजिक संघ संस्था संग सहकार्य गरेर त्यसको सूचकहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनको लागि अगाडि बढाईने छ ।
ढ. चट्याङ्गबाट हुने क्षतिबाट कम गाराउनको लागि आगमी आर्थिक वर्षबाट उपयुक्त प्रविधि जडानको लागि गाउँपालिका, जनता र संघिय तथा प्रदेश सरकारको साझेदारीमा कार्यक्रम संचालन गर्ने नितिको अवलम्वन गरिनेछ । आगामी आर्थिक वर्ष विद्यालय क्षेत्रलाई प्राथमिकतामा राखि कार्य अगाडी बढाइनेछ ।
ज्ञण्. आकस्मिक रुपमा हुने आगलागी तथा विपत पिडितहरुको राहतको लागिसाथ तत्कालिन राहतका लागि तथ्यगत रुपमा अनुगमन गरी रु. १०,०००।– नगद र वढीमा ४ वन्डल सम्म जस्तापाता सहयोग उपलब्ध गराउने नितिलाई आगमी वार्षमा समेत निरन्तरता दिइनेछ ।
ज्ञज्ञ. बाढी पहिरो तथा चट्याङबाट मृतक परिवारलाई चालु आ.व.मा संचालित कार्यक्रम अन्तरगत विपत व्यवस्थापन कोषबाट वढीमा २५ हजार राहत दिँदै आएकोमा ५० हजार सम्म उपलब्ध गराउने निति लिइनेछ ।
ज्ञद्द. भुकम्प पुर्ननिर्माणको कामलाई पुर्ननिर्माण प्राधिकारण तथा अन्य सम्वन्धित निकाय संग समन्वय गरी प्रभावकारी रुपमा कार्य अगाडि वढाईने छ । तत् संग सम्वन्धि प्राप्त गुनासोलाई यथार्थ छानविन गरी नियम अनुसार कार्यान्वयनमा ल्याउन पहल गरिने छ ।

ख.बस्ती संरक्षण तथा विपद व्यवस्थापन
ज्ञ. मकवानपुरगढी गाउँपालिका खानी, खनिजको भण्डार हो । खानी उत्खनन् गर्दा माथिल्लो खानी क्षेत्र र तल्लो तटिय क्षेत्र पूर्ण प्रभाववित बन्द छ । यस क्षेत्र कच्चा भू बनोट भएको पनि क्षेत्र भएकोले प्रभावित क्षेत्रको तयार भएको विस्तिृत परियोजना प्रतिवेदन म्।ए।च्। मा विशेष गरी उद्योग, संघीय सरकार प्रदेश सरकारसँग समन्वय र बजेट व्यवस्था गरी दिगो संरक्षणको अवधारणाबाट कार्य अगााडी बढाइनेछ ।
द्द. माथिल्लो क्षेत्रमा जलाधार संरक्षण तथा वृक्षारोपणका अभियानहरु संचालन गरी बस्तिक्षेत्रमा हुने नोक्सानीलाई कम गर्दै लैजाने नीति लिइने छ ।
घ. उद्योगहरुसँग सहकार्य र समन्वय गरी समयमै संरक्षणका काम गर्ने गराउने वातावरण बनाइनेछ । सम्भावना रहेसम्म कम्तिमा ७० मिटरको चौडा हुने गरी दुई किनारमा सामरी कोरीडोर बाटोको दिगो संरचना निर्माण गर्ने नीति लिइने छ ।
द्ध. दिगो बस्ति संरक्षण कम लागतमा संरक्षणका काम गर्ने गराउने उदेश्यले सामरी तथा सहायक खोला किनार कोरीडोरमा बहुउपयोगी बाँस लगाउने अभियान यस बर्षबाट गरिनेछ ।
छ. कोभिड–१९ बाट प्रभावितहरुलाई राख्ने क्वारेन्टाइन व्यवस्थित गर्ने र गाउँपालिकासम्म ल्याउन उनीहरुको आत्मबल बढाउन सहयोग पुग्ने र विभिन्न परिक्षणमा सहजीकरण गरिनेछ ।
ट. कोभिड–१९ कोरोना महामारी तथा अन्य महामारीबाट मृत्यु भएकाको परिवारका लागि रु. १ लाख राहत स्वरुप उपलब्ध गराइनेछ ।

ग) भू–उपयोग तथा संरक्षण ः
ज्ञ. गाँउपालिकामा रहेका ४० वर्ष देखि भोग चलन गर्दै आएका घरजग्गालाई जनताको हकभोग कायम गर्न अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न, पुर्जा वितरण पक्रियालाई सरलीकरण गर्न, प्रादेशिक तथा केन्द्रिय सरकारद्धारा तयारी ऐन अनुसार सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्य अगाडि वढाईने छ ।
द्द. लामो समय देखि बसोबास गर्दै आएका तर जग्गाधनी प्रमाण पुर्जा नभएका बासीन्दाहरुलाई गाँउपालिकामा एकिकृत सम्पत्ती कर (घर र अन्य सम्पत्तीको मात्र) प्रणालीमा सहभागी गराउने निती लिईने छ ।
घ. बाँझो बारी गरिवीको भारी भन्ने भनाईलाई विस्थापित गर्न व्यक्तिले आप्mनो स्वामित्वको जग्गा बाँझो राख्न नपाईने नितिलाई कडाईका साथ लागू गरिनेछ ।
द्ध. बाँझो जमिनको उपयोग सम्वन्धि कार्यविधि अनुसार कृृषिजन्य तथा पशुपालनको लागी उपयोगमा ल्याउने, कृषि र पशुपालनको सम्भावना कम भएका जग्गाहरुमा जडीवुटी, वनस्पति जन्य, काष्ठ जन्य खेती गर्न , होटल, होमस्टे तथा रिसोर्टहरु संचालन प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिनेछ ।
छ. आगामी आर्थिक भू–उपयोग योजना तयार गरि लागू गरिनेछ । उत्पादनशिल तथा कृषि योग्य भुमिहरुमा जग्गा प्लटिङ तथा कुनै पनि उत्खनन् जन्य उद्योग तथा व्यक्तिगत उन्खननमा कडाईका साथ रोक लागाउने निति अवलम्वन गरिनेछ ।
ट. सामुदायिक प्रयोजन भन्दा वाहेक सार्वजनिक जग्गा प्रयोग वा अतिक्रमण गर्न नपाईने निती कडाईका साथ लागु गरीनेछ ।

५. संस्थागत विकास,सेवा प्रवाह र सुशासन
क) सामान्य सेवा
ज्ञ. विकास निर्माणको कार्यका साथ साथै जनतालाई घरदैलोमा सार्वजनिक सेवा प्रवाहको लागि सबै वडा कार्यालयहरुको भौतिक पुर्वाधार विकासमा जोड दिइनेछ ।
द्द. सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त भरपर्दाे तथा कम खर्चिलो वनाउनको लागि सवै वडाहरुमाा कागज रहित सेवा प्रवाह गर्न आवश्यक पुर्वाधारहरुको विकास गरिनेछ ।
घ. सार्वजनिक सेवालाई छिटो छरितो, मितव्ययि,पारदर्शि र सूचना प्रविधि मैत्री बनाउनको लागि आवश्यक पुर्वाधार सहित पदाधिकारी तथा कर्मचारीको क्षमता विकासको लागि आवश्यक तालिम कार्यक्रम संचालन गरिनेछ ।
द्ध. सूचनाको हक प्रवद्र्धन गर्न आवश्यक कार्यक्रम संचालन र सूचना अधिकारीको क्षमता विकासको कार्यक्रम संचालन गरिनेछ ।
छ. गाउँपालिकाबाट भएका नितिगत निर्णय तथा आधिकारिक धारणाहरुलाई यस अघि तोकिएको प्रवत्ता मार्फत सार्वजनिक गर्ने कार्यलाई प्राथमिकताका साथ सूरु गरिनेछ ।
ट. स्थानीय सरकार संचालन ऐन, २०७४ ले स्थानीय तहलाई प्रदान गरेको न्यायिक अधिकारलाई समुचित प्रयोग गर्न न्यायिक इजलासलाई थप व्यवस्थापन गरिनेछ । न्यायिक सेवामा सर्वसाधरणको पहुँच वृद्धिको कार्यक्रम संचालन गरिनेछ । स्थानीय स्तरबाट हुने न्यायिक सम्पादनको कामलाई, छिटो छरितो र भरपर्दाे बनाउन आवश्यक पहल गरिनेछ ।
ठ. कार्यसम्पादन मुल्याकंनमा उत्कृष्ट कार्य गर्ने मध्यका कर्मचारी र जनप्रतिनिधिलाई प्रोत्साहन र मुल्याकंन गर्ने व्यवस्था गरिने छ ।
ख) सूचना प्रविधि
ज्ञ. आगामी आर्थिक वर्षबाट सवै वडाहरुमा इन्टरनेट सेवा जडान गरि गाउँपालिका र वडा कार्यालय विचको सूचना र संचार आदान प्रदानमा सहजता ल्याइनेछ ।
द्द. आगामी आर्थिक वर्षबाट गाउँपालिकाले सम्पादन गरेका काम तथा कारवाहीलाई चौमासिक रुपमा सार्वजनिक गर्ने व्यवस्था गरिनेछ । साथै प्रत्येक महिना वितेको ७ दिन भित्र सम्पादित क्रियाकलाप गाउँपालिकाको वेवसाइट मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ ।
घ. आगामी आर्थिक वर्ष देखि विद्युत सेवा तथा संचार सेवा पुगेको वडाहरुमा राजस्व संकलनलाई सफ्टवयरको माध्यमबाट संकलन गर्ने व्यवस्था मिलाइनेछ ।
ग) पञ्जिकरण व्यवस्थापन
ज्ञ. आगामी आर्थिक वर्षबाट सवै प्रकारका घटना दर्ता प्रक्रियालाई अनलाइन घटना दर्ता प्रक्रियामा आवद्ध गरिनेछ ।
द्द. घटना दर्ताका पुराना अभिलेखहरुको सुरक्षा र खोज्ने वित्तिकै तुरुन्त भेट्याउनको लागि पुराना अभिलेख लाई सफ्टवयर मार्फत व्यवस्थापन गरिनेछ ।
घ) सुशासन प्रवद्र्धन
ज्ञ. सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण तथा योजनाहरुको सार्वजनिक परिक्षण गर्ने कार्यलाई व्यवस्थित गरिनुका साथै जहाँ योजना त्याहा सामाजिक परिक्षण नितिलाई कडाईका साथ लागू गरि योजनामा जनताको अपनत्व वोध गराउन पहल गरिनेछ ।
द्द. आन्तरिक आय वृद्धिका लागि सम्भाव्य सवै राजस्वको क्षेत्रहरुको पहिचान गरि राजस्वका दर भन्दा दायरा वृद्धि गर्न आगामी आर्थिक वर्षमा राजस्व सुधार योजना र सम्भाव्यता अध्यनको लागि आवश्यक बजेट विनियोजन गरिनेछ । साथै राजस्व संकलनलाई अनिवार्य र प्रभावकारी बनाइनेछ ।
घ. क्षमता विकास, शिप विकास तथा जनचेतना मूलक तालिम कार्यक्रमहरु संचालनको लागि लक्षित समूह,स्थानीय सामुदायिक संस्था,आमा समूह,सामुदायिक दर्ता भएका संस्थाहरु, सहकारी संस्थाहरु र स्थानीय अन्य सामाजिक संघ संस्था मार्फत संचालन गर्न प्राथमिकता दिइनेछ । यसरी कार्यक्रम संचालन गर्नु अघि उक्त संस्थाहरु अनिवार्य रुपमा गाउँपालिकामा सुचिकृत गर्नु पर्ने प्रावधानलाई कडाईका साथ लागू गरिनेछ ।
द्ध. गाउँपालिका वा गाउँपालिकाको वडामार्फतको सिलिङबाट विनियोजित भएका उपभोक्ता समितिको नगद तथा श्रम सहभागीता नजुट्ने रु. २० लाख भन्दा माथिका प्रविधिक दक्षता आवश्यक पर्ने योजनाहरुको कार्यान्वयन ठेक्का प्रणाली मार्फत कार्यान्वयन गरिनेछ । ठेक्का गर्दा बाँकी रहेको रकम वा समय सिमाका कारण ठेक्का लगाउन नसकिने भएमा उपभोक्ता समितिबाट कार्यान्वयन गरिने छ । वडा समितिको समन्वय आवश्यक देखिएमा सो भन्दा कम ५ लाख सम्मका योजनामा पनि वोलपत्र आव्हान आन्तरिक र बाह्य दुबैबाट गर्न सकिने छ ।
छ. चालु आर्थिक वर्षबाट सुरु भएको ९मकवानपुरगढी हाम्रो गाउँ, श्रमदान गर्न अनिवार्य जाउँ) भन्ने नारा सहित सुरु भएको स्थानीय विकास निर्माणमा जनप्रतिनिधिको सहभागीतालाई थप प्रभावकारी र उल्लेख्य बनाउन तयार गरिएको निति अनुरुपमा कार्यान्वयनमा लगिनेछ ।
ट. आगामी आर्थिक वर्षबाट बजेट विनियोजनलाई वडाको गरिवि, जनसंख्या, भूगोल, राजस्व संकलनको अवस्था र योजना सम्पन्नको अवस्था जस्ता सूचकहरुको प्रयोग गरि बजेट विनियोजन गर्ने कार्यलाई कडाईका साथ लागू गरिनेछ ।
ठ. आगामी आर्थिक वर्षबाट हरेक वडामा गठित टोल विकास संस्थाहरुहरुको प्रभावकारी परिचलनमा जोड दिइनेछ । आयोजनाको दिगोपना तथा शुसाशन प्रवद्र्धनमा टोल विकासको भुमिकालाई प्रभावकारी बनाइनेछ ।
ड. सामाजिक शुसासनमा समूदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाइनेछ । गढी वडा नं. २ र ५ मा थप प्रहरी विट राख्न सम्बन्धित निकायसँग समन्वय गरी कार्य अगाडि बढाइनेछ ।
ढ. समाजमा सुशासन कायम गर्ने ध्ययले तयार गरी कार्यान्वयनमा ल्याईएको सामाजिक सुधार ऐनलाई सबै पक्षसँग समन्वय गरी कार्यान्वयनमा ल्याइने छ ।
ज्ञण्. गाउँपालिकाभित्र रहेका औपचारीक तथा अनौपचारीक क्षेत्रका मजदूरहरुको समस्याहरुलाई सूचिकृत र व्यवस्थित गर्न गाउँपालिकाले स्थानीय श्रम ऐन निर्माण गरी कार्यान्वयन शुरु गरिने छ ।
ज्ञज्ञ. मुलुकमा आएको कोभिड–१९ कोरोना महामारीबाट मजदुरी गर्न बाहिर जान नसक्ने मजदुरहरुलाई गाउँमा हुने विकास निर्माणका कार्यहरुमा प्राथमिकता दिई सहभागी गराइनेछ । योजना कार्यान्वयन गर्दा श्रम र श्रमिक मैत्रि वातावरण तयार गरी कार्यान्वयन गरिने छ । योजनामा मजदुर छनौट गर्दा स्थानीयलाई प्राथमिकतामा राख्ने व्यवस्था मिलाइने छ ।
६. विविध क्षेत्र
ज्ञ. स्थानीय बालीमा भएको जनावर(बाँदर) आतंक नियन्त्रण गर्न बाँदर प्रतिकुल बालीहरुको विकास तथा नियन्त्रणको लागि आवश्यक बजेटको व्यवस्थापन गरि नियन्त्रणको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
द्द. गाँउपालिका बाट संचालित तथा माथिल्ला निकायहरुबाट संचालन भएका योजना, दातृ संघ संस्था बाटभएका कामको संयन्त्र बनाई प्रभावकारी अनुगमन गरिने छ ।
घ. गाँउपालिकामा कुनै पनि गैर सरकारी संघ संस्था तथा दातृ निकायहरुले कार्यक्रम संचालन गर्दा, गाँउपालिकाको पुर्व स्वीकृति अनिवार्य लिनुपर्ने नितिलाई काडाईका साथ लागू गरिनेछ ।
द्ध. गाँउपालिकामा उद्योगहरुबाट खानी उल्खनन भएको छ । क्रसर उद्योगहरु संचालित छन्, यि अवसरहरुलाई हामीले सकारात्मक रुपमा लिनुपर्ने हुन्छ ।उद्योगहरु संचालन हुँदा उनीहरुले वातावरण प्रभाव मूल्याङ्कन (क्ष्।भ्।भ्।) लगायत सवै उत्खनन विधीहरु अलवम्वन गर्नुपर्दछ । यि सबै विधि र प्रक्रिया पुरा नहुँदा संविधान मौलिकहकले सुनिश्चित गरेको, स्वच्छ वातावरणको हक, खाद्य सम्वन्धि हक, आवासको हक, सम्वन्धि व्यवस्था आकर्षित भएको देखिन्छ । यसको व्यवस्थापनका लागि सम्वन्धित उद्योगहरु संग क्षतिपुर्ति तथा सहायता लिई प्रभावित क्षेत्र र प्रभावित जनताको हकहित र संरक्षणमा उपभोग गर्ने र प्रभावलाई न्युनिकरण गर्ने निती लिईने छ
छ. गाँउपालिकाको प्राकृतिक श्रोत र साधनको संरक्षण उपयोगमा हरेक कृयाकलाप संस्थागत नभई निश्चयनै समस्याहरु देखिएका छन् । यसलाई सम्वन्धित पक्ष र निकायहरु संग समन्वय गरी गाँउपालिकाको माध्यम बाट संस्थागत गरीने निती लिनईने छ ।
ट. चालु आर्थिक वर्षबाट संचालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी रुपमा संचालन गर्नको लागि तथ्यांकको वस्तुनिष्ठ संकलन तथा वेरोजगारको प्रभावकारी परिचालनमा जोड दिइनेछ । प्रधान्मन्त्री रोजगार कार्यक्रमलाई गाउँपालिकाको वेरोजगारी न्यूनिकरण कार्यक्रममा आवद्धता गरिनेछ ।

श्रीमान सभाध्यक्ष महोदय तथा उपस्थित सभाषदज्यूहरु,
अब म उपरोक्त निति तथा कार्यक्रम कार्यान्वयनको लागि आगामी आर्थिक वर्ष २०७७।०७८ को लागि प्रस्तावित आय तथा व्ययको अनुमानित विवरण पेश गर्ने अनुमति चाहन्छु ।
आयतर्फ
संघिय सरकार वित्तिय समानिकरण अनुदान ९ करोड ८९लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान १ करोड १ लाख ५८ हजार गरी जम्मा वितिय समानिकरण अनुदान १० करोड ९० लाख ५८ हजार प्राप्त भएको छ ।

त्यसैगरी संघीय सरकार राजस्व बाँडफाँड ७ करोड ७१ लाख ३७ हजार, खानी खनिज तथा विद्युत रोयल्टी बाँडफाँडबाट १ करोड ५० लाख, प्रदेश सवारी साधन राजस्व बाँडफाँड १ करोड २८ लाख ९२ हजार, ढुंगा, गिटि, बालुवा (नदिजन्य पदार्थ) राजस्व बाँडफाँड ४ करोड ५० लाख, घरजग्गा रजिष्टेशनमा अनुमानित ७५ लाख, वन रोयल्टी संघिय सरकारमार्फत १ लाख, जलस्रोत रोयल्टी ३५ लाख र अन्यआय रकम रु. ३० हजार गरि जम्मा राजस्व बाँडफाँड तर्फ १६ करोड ११ लाख ५९ हजार रकम प्राप्त हुने अनुमान गरिएको छ ।
अर्कोतर्फ आन्तरिक आयतर्फ २ करोड ९१ लाख ३० हजार रकम प्राप्त हुने अनुमान गरेको छु ।

संघिय सरकार शशर्त अनुदान (शिक्षा, स्वास्थ्य, कृषि, पशु, उर्जा, प्रधान्मन्त्री रोजगार कार्यक्रम सहित) रु. २० करोड ४४ लाख, प्रदेश सरकार शशर्त अनुदान (चालु र पँुजिगत) १ करोड ६१ लाख ६० हजार गरी जम्मा शशर्त अनुदान रु. २२ करोड ५ लाख ६० हजार हुने अनुमान गरेको छु ।
त्यसैगरी संघिय सरकार समपुरक अनुदान २ करोड, प्रदेश सरकार समपुरक अनुदान ३ करोड गरी जम्मा समपुरक अनुदान रु. ५ करोड हुने अनुमान गरिएको छ ।
संघिय विशेष अनुदान २ करोड २६ लाख र प्रदेश विशेष अनुदान रकम रु. ५० लाख गरी जम्मा विशेष अनुदान रकम रु. २ करोड ७६ लाख रकमप्राप्तहुने अनुमान छ ।
यसप्रकार यस गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को लागि जम्मा आयतर्फ ५९ करोड ७५ लाख ७ हजारअनुमानित आय पेश गरेको छु । अर्थात आगामी आर्थिक वर्ष संघीय सरकार अनुदान रकम (वितिय, राजश्व, खानी, वन, जलस्रोत, सशर्त, समपुरक र विशेष) गरी जम्मारु. ४४ करोड १६ लाख ३७ हजार, प्रदेश तर्फको अनुदान (वितिय राजश्व, घरजग्गा, सशर्त, समपुरक र विशेष सहित) जम्मा रु. ८ करोड १७ लाख १० हजार र आन्तरिक तर्फ (ढुंगा गिटी, आन्तरिक श्रोत, चालु मौज्दादअन्य) गरी जम्मा रु. ७ करोड ४१ लाख ६० हजार गरी कूलजम्मा रु. ५९ करोड ७५ लाख ७ हजारअनुमानितआयहुनआउने व्यहोरा सभाध्यक्ष महोदय समक्ष पेश गर्दछु ।

व्ययतर्फ
कुल बजेटको पुजीगततर्फ ३२ करोड ६९ लाख ४७हजार अर्थात(५४ दशमलव ७१ प्रतिशत) र चालु तर्फ २७ करोड ५ लाख ६० हजार अर्थात (४५।२९ प्रतिशत) गरी कुल व्यय रु. ५९ करोड ७५ लाख ७ हजारको व्यय अनुमान पेश गरेको छु ।

श्रीमान् सभाध्यक्ष महोदय,
अब म आर्थिक वर्ष २०७७÷०७८ का लागि अनुमान गरिएको व्यय अनुमानबाट नीति कार्यक्रम बमोजिम व्यय हुने विषय क्षेत्रगत विनियोजित गरेको व्यय अनुमान शाराशंमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

कूल व्यय अनुमान मध्य आगामी आर्थिक वर्षका लागि कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च अन्तरगत रु. ५ करोड ८० लाख ९१ हजार रकम विनियोजन गरेको छु, जुन कूल व्यय अनुमानको ९ दशमलव ७२ प्रतिशतहुन आउँछ ।

विषय क्षेत्रगत व्यय अनुमान देहाय बमोजिम विनियोजन गरेको छु ।
ड्ड आर्थिक विकास क्षेत्र अन्तरगत कूल व्यय अनुमानको १० करोड ५० लाख ५३ हजार रकम विनियोजन गरेको छु जुन कूल व्यय अनुमानको १७ दशमलव ५८ प्रतिशत हुन आउँछ । आर्थिक विकास क्षेत्रमा विनियोजन भएको रकम मध्यबाट कृषि क्षेत्रमा २ करोड ६४ लाख १३ हजार, उद्योग क्षेत्रमा ६५ लाख, पर्यटन क्षेत्रमा १ करोड १४ लाख ५ हजार, सहकारी क्षेत्रमा ६६ लाख, जलस्रोत तथा सिँचाईको क्षेत्रमा २ करोड २२ लाख २० हजार, पशूपक्षि विकासमा २ करोड ७४ लाख १५ हजार, भूमिव्यवस्थामा ४५ लाख रकम विनियोजन गरेको छु ।
ड्ड पूर्वाधार विकास क्षेत्रको यातायात पूर्वाधारमा १४ करोड ४२ लाख ९० हजार, भवन आवास तथा सहरी विकासमा ८८ लाख ५० हजार, उर्जामा २६ लाख ५५ हजार, संचार तथा सूचना प्रविधिमा ८ लाख १८ हजार, विज्ञान तथा प्रविधिमा ५ लाख गरी पूर्वाधार विकास क्षेत्रमा कूल व्यय अनुमानको १५ करोड ७१ लाख १३ हजार रकम विनियोजन गरेको छु । जुन कूल व्यय अनुमानको २६ दशमलव २९ प्रतिशत हुन आउँछ ।
ड्ड सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र अन्तरगत १ करोड ८५ लाख ७ हजार रकम विनियोजन गरेको छु जुन कूल व्यय अनुमानको ३ दशमलव १० प्रतिशत हुन आउँछ । यस क्षेत्रका उपक्षेत्रहरु मध्यवन क्षेत्रको संरक्षण तथा विकासको लागि रु. १३ लाख, शासन प्रणाली व्यवस्थापनका लागि ४ लाख ७० हजार, वितीय सुशासन क्षेत्रमा ९० हजार, कानुन तथा न्यायको क्षेत्रमा ६ लाख, शान्ति तथा सुव्यवस्थाको क्षेत्रमा १ लाख २५ हजार, श्रम तथा रोजगारीको क्षेत्रमा ७७ लाख ६८ हजार, गरिवि निवारण शिर्षकमा ३ लाख ५४ हजार, योजना तर्जुमा र कार्यान्वयनमा १ लाख, अनगमन तथा मुल्याकंनमा ९ लाख, तथ्याकं संकलनमा २ लाख, वातावरण तथा जलवायु क्षेत्रमा १० लाख ५० हजार, मानव संशाधन विकासको क्षेत्रमा ५ लाख ५० हजार र विपद व्यवस्थापनको क्षेत्रमा ५० लाख रकम विनियोजन गरेको व्यहोरा सभा समक्ष जानकारी गराउँछु ।

ड्ड अर्कोतर्फ विषय क्षेत्रगत व्यय अनुमानको महत्वपूण पाटो अन्तरगत रहेको सामाजिक विकास क्षेत्रको सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रममा ३७ लाख, युवा तथा खेलकुद क्षेत्रमा ३४ लाख ९० हजार, खानेपानी तथा सरसफाई क्षेत्रमा १ करोड ५६ लाख ६३ हजार, भाषा तथा संस्कृतीको क्षेत्रमा २४ लाख ५ हजार, शिक्षा क्षेत्रमा १६ करोड ३४ लाख ६९ हजार, स्वास्थ्य प्रवद्र्धन अन्तरगत ५ करोड ४७लाख ६६ हजार, लैंगिक समानता तथा सामाजिक समावेशिकरण १ करोड ५२ लाख ५० हजार गरी सामाजिक विकास क्षेत्रमा कूल व्यय अनुमानको ४३ दशमलव ३० अर्थात २५ करोड ८७लाख ४३ हजार रकम विनियोजन गरेको छु ।
आदरणीय अध्यक्ष ज्यू तथा सभका सदस्यज्यूहरु,
प्रस्ताव भएको अनुमानित आय अनुसार विषयगत खर्च शिर्षकमा विनियोजन भएको बजेटलाई कार्यक्रमगत, आयोजना गत तथा वडागत रुपमा बाँडफाँड गरि यस पछिको सभाले क्रमशः दफादार छलफल पछि मात्र स्वीकृत गरिने व्यहोरा यस सम्मानित सभा समक्ष निवेदन गर्दछु ।
आदरणीय अध्यक्ष ज्यू,
प्रस्तुत बजेट कार्यान्वयनले यस स्थानीयतहको सवै वडाहरुको उच्च प्राथमिकतामा रहेको कार्यक्रम तथा योजनाहरुको सम्बोधन हुने, स्थानीय तहको विकासको आधारशिला खडा हुने, योजना तथा कार्यक्रमहरुको परियोजना बैंक निर्माण हुने, सवै वडाहरुमा स्थानीय सरकारको उपस्थिति अनुभूत हुने एवं गाउँपालिका वासीको आर्थिक सामाजिक रुपमान्तरणमा वढोत्तरी हुने अपेक्षा गरेको छु । साथै यस बजेटले लोककल्याणकारी राज्यव्यवस्थालाई प्रवद्र्धन गर्न, संघीय तथा प्रदेश सरकारले लिएको आर्थिक वृद्धि तथा समृद्धिको लक्ष्य प्राप्त गर्न थप टेवा पुग्ने विश्वास लिएको छु ।
अन्त्यमा, यो बजेट तर्जुमाका सिलसिलामा मार्गदर्शन गर्नुहुने कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, गाउँपालिकाका राष्ट्रसेवक कर्मचारीहरु, विभिन्न राजनैतिकदल, निजी क्षेत्र, नागरिक समाज, पत्रकार जगत लगायत यस गाउँपालिकाको समृद्धिको लागि चासो र सरोकार राख्ने सवैप्रतिहार्दिक धन्यवाद ज्ञापन गर्दै यो बजेटले निदिष्ट गरेका नीति, योजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा सवै पक्षको पूर्ण सहयोग रहने अपेक्षा गरेको छु ।

धन्यवाद ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*