भीमफेदी गाउँपालिकाको बजेट ५६ करोड ८७ लाख

बाइलाइन नेपाल
१० असार २०७७, बुधबार २०:०७

भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ५६ करोड ८७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ । आज बुधबारको गाउँसभा बैठकमा आगामी आवको अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

‘महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्भर’ भन्ने मूल नाराका साथ आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

गाउँपालिकाले आगामी आवमा रोजगारी सिर्जना, कृषि, पशुपालन, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको अध्यक्ष लामाको भनाई छ ।

आगामी बजेटमा पूर्वाधार विकासको लागि १६ करोड, शुशासनतर्फ ६७ करोड, आर्थिक विकासतर्फ ४ करोड ६६ लाख, सामाजिक विकासमा ५ करोड, बन तथा वातावरणमा १ करोड ६४ लाख रुपैँया विनियोजन गरेर बजेट सार्वजनिक भएको अध्यक्ष लामाले बताए ।

आगामी आवमा घरघरमा खानेपानी पुर्याइने योजनाका साथ काम अघि सारिएको छ । प्रत्येक किसानलाई युरिया मल निशुल्क वितरण गरिने भएको छ । खरको छानो विस्थापित गर्ने काम सुरु गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा चालु आवका कामहरु र थप रचनात्मक कामहरु गर्ने गाउँपालिकाले जनाएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*