निजी खर्चमा सन्तोष न्यौपानेले दिए तीनसय वटा डस्टपिन

बाइलाइन नेपाल
१० असार २०७७, बुधबार १३:३१

हेटौंडा । नेकपा मकवानपुरका नेता सन्तोष न्यौपानेले हेटौंडा–१० मा डस्टपिन वितरण थालेका हुन् ।

नेकपा हेटौंडा उपमहानगरपालिका–१० का सचिव समेत रहेका न्यौपानेले वडा भित्र आफ्नै खर्चमा तीनसय वटा डस्टपिन वितरण थालेको जानकारी दिए ।

वडा भित्र सरसफाइ अभियान चलाउदै आएका न्यौपानेले हेटौंडा १० नम्बर वडा भित्र तीन सय वटा डस्टपिन वितरण गर्ने उल्लेख गरे । उनले थप डस्टपिन आवश्यक परेमा फेरि वितरण गर्ने समेत जानकारी दिए ।

वडा सफासुग्घर राख्नका लागि सर्वसाधारणमा जनचेतना सँगै डस्टपिन पनि वितरण गरिएको उनको भनाइ छ । उनले सरसफाइ अभियान मार्फत् वडालाई फोहोररहित बनाउने योजना रहेको उल्लेख गरे ।

यसअघि न्यौपानेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेकालाई निजी खर्चमा खाद्यान्न वितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*