नगरसभामा ७ जना सञ्चारकर्मी सम्मानित

बाइलाइन नेपाल
१० असार २०७७, बुधबार १३:०४

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले सातौं नगरसभा बैठकका अवसरमा मकवानपुरका सात जना पत्रकारलाई पुरस्कृत गरेको छ । उपमहानगरपालिकाले प्रत्येक वर्ष विकास पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । त्यही अनुसार आज छापा तथा विधुतिय माध्यममा काम गर्ने पत्रकारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

उपमहानगरपालिकाले अग्रज पत्रकार सम्मानबाट तीन दशक अघिदेखि पत्रकारितामा क्रियाशिल प्रकाश साप्ताहिकका सम्पादक नवराज शर्मालाई नगद १७ हजार सहित सम्मानित गरेको छ । उनलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नगद सहित सम्मान गरेका थिए ।

त्यसैगरी कान्तिपुर दैनिक तथा साझाकुरा दैनिकमा कार्यरत पत्रकार सुवास बिडारी, नयाँ पत्रिका दैनिकका सुदीप शिवाकोटी, हेटौंडा एफएममा कार्यरत कृष्ण उदास खनाल, रेडियो निकासका सुरेश श्रेष्ठ, दहिमालयन टाइम्समा कार्यरत प्रकाश दाहाल, सहिखवर साप्ताहिकमा कार्यरत सरिता दाहाललाई सम्मान गरिएको हो ।

सम्मानित सबै पत्रकारलाई लाई नगद १३ हजार पाँच सय रुपैयाँका दरले दोसल्लाह र प्रमाणपत्र सहित उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मिना कुमारी लामाले सम्मान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*