भीमफेदीका इन्सपेक्टर नै परे प्रहरीको फन्दामा !

बाइलाइन नेपाल
६ असार २०७७, शनिबार १८:३५

हेटौंडा । ईलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक ( इन्सपेक्टर) रामबालक राय नै प्रहरीको फन्दामा परेका छन् ।

शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेर कार्यक्षेत्रमा खटिएका इन्सपेक्टर रायले गलत काम गरेको भन्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नियन्त्रणमा लिएको हो । उनलाई ठेकेदारसँग घुस रकम लिइरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको जनाइएको छ ।

वाग्मती प्रदेशका डिआइजी बसन्तकुमार लामाले दिएको जानकारी अनुसार इन्सपेक्टर रायलाई प्रहरी आचर विपरीत गलत काम गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । रायलाई प्रदेश प्रहरी कार्यालयमा राखिएको छ ।

अनुसन्धान पछि थप जानकारी दिन मिल्ने डिआइजी लामाले बताए । इन्सपेक्टर रायलाई भीमफेदीको एक होटलमा ठेकेदारसँग रकम लिदै गरेको अवस्थामा पक्राउ गरिएको जनाइए पनि प्रदेश प्रहरी कार्यालयले यसको पुष्टि गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*